Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

अमेरिकामा कोरोना महामारी नियन्त्रण गर्न गाह्रो


काठमाडौं । अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रण उन्मुख नरहेको सरकारी उच्च अधिकारीहरुले स्पष्ट पारेका छन् । अमेरिकी राष्ट्रपतिका मुख्यचिकित्सा सल्लाहकार एन्टोनी फाउचीले महामारी नियन्त्रण उन्मुख भएको भन्न नमिल्ने बताएका हुन् । कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुने क्रम नरोकिएकाले नियन्त्रण हुन लागेको भन्न नमिल्ने उनको भनाइ छ ।

सबैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै महामारी नियन्त्रण उन्मुखहुन सक्ने उनले बताए । अमेरिकामा कोरोना भाइरसको महामारी नियन्त्रणको अवस्था पनि अहिले सन्तोषजनक नरहेको उनको बुझाइ छ । दैनिक संक्रमितको संख्या दश हजार भन्दा कम भएपछि मात्रै नियन्त्रण उन्मुख रहेको मान्न सकिने फाउचीले बताए ।


क्याटेगोरी : देश/दुनियाँ, विदेश
ट्याग : #अमेरिका

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं