Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

गुगलले हुवाईसँग सम्बन्ध तोड्यो


काठमाडौं ६ जेठ । गुगलले चिनियाँ टेलिकम जाइन्छ हुवाईसँगको सम्बन्ध तोडेको छ । अब हुवाई फोनको एन्ड्रोइड अपरेटिङ्ग सिस्टम अपडेट नहुने भएको छ । हुवाईका नयाँ फोनहरुले गुगलका चर्चित एप्लिकेशनमा पहुँच पाउने छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवाईसँग अमेरिकी कम्पनीले कारोबार गर्न नपाउने निर्णय गरेको केही दिनमै गुगलले हुवाईसँगको सहकार्य तोडेको हो । हुवाईले गुगलले गरेको निर्णयका बारेमा प्रतिक्रिया दिएको छैन । सबैभन्दा पहिले समाचार संस्था रोयटर्समा प्रकाशित भएको खबर अनुसार अब हुवाईले गुगलको सेक्युरिटी अपडेटमा पहुँच पाउने छैन । यस्तै प्राविधिक सहयोग पनि । नयाँ फोनहरुले युट्युब तथा म्यापसहितका गुगलका एप्लिकेशनमा पहुँच पाउने छैनन् ।


क्याटेगोरी : अर्थ, प्रमुख समाचार, प्रविधि, विदेश
ट्याग : #huwai

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं