भारत र चीनबीच सम्बन्ध चिसिएको बेला भारतीय प्रधानमन्त्रीद्धारा दलाई लामालाई शुभकामना

एजेन्सी । तिब्बती आध्यात्मिक नेता दलाई लामाको ८६ औँ जन्मजयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले दलाई लामालाई ८६ औँ जन्मजयन्तीको अवसरमा शुभकामना दिएसँगै भारत चीनबीच सम्बन्ध थप बिग्रने बिश्लेषण भएका छन् । आध्यात्मिक नेता लामालाई टेलिफोन मार्फत शुभकामना दिएको भन्दै प्रधानमन्त्री मोदीले ट्विइट मार्फत पुन शुभकामना व्यक्त गरेका छन् ।
भारतको उत्तरी क्षेत्रमा निर्वासनमा रहेका तिब्बती आध्यात्मिक नेता दलाई लामालाई चीनले पृथकतावादी, विभाजनकारीको रुपमा लिने गरेको छ । चीनलाई दुखी नबनाउने मनसायले कतिपय भारतीय नेताहरुले दलाई लामासँग सार्वजनिक सम्पर्क गर्न सावधानी अपनाउने गरेका छन् । दलाई लामा सँगको सम्पर्क ले भारत चीन समबन्धमा ल्याउन सक्ने रानीतिक परिणामलाई मध्यनजर गर्दै छ बर्ष पहिलो भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र दलाई लामाबीच तय गरिएको बैठक रद्द गरिएको थियो ।
भारतीय मिडियाहरुले सन् २०१९ मा पनि लामाको जन्मजयन्तीको अवसरमा भारत सरकारले लामासँग संवाद गरेको दाबी गरेपनि यो खबर सार्वजनिक रुपमा बाहिरिएको थिएन । शान्तिपूर्ण स्वतन्त्रता को नाममा चीनले सन् १९५० मा तिब्बतमाथि नियन्त्रण जमाएको थियो । त्यसपछि सन् १९५९ मा दलाई लामा तिब्बतबाट निर्वासित भएका हुन् । भारतले तिब्बतलाई चीनको स्वायक्त क्षेत्र स्वीकार गरेपनि चीनसँग सीमा क्षेत्रमा भूमिगत विवादहरु कायमै छ ।
भारत र चीनबीच तीन हजार पाँच सय किलोमिटरको हिमालय सीमा क्षेत्रमा भूमिगत विवाद रहँदै आएको छ । गत बर्ष जुनमा सीमाक्षेत्रमा भारतीय र चिनियाँ सेना बीच भएको गम्भिर मुडभेडमा २० जना सेनाको ज्यान गएको थियो । भारत चीनबीच यस्तो चिसो सम्बन्ध रहेको बेला दलाई लामाको जन्मजयन्तीमा प्रधानमन्त्री मोदीले सार्वजनिक रुपमा शुभकामना दिँदा दुई देश बीच नकारात्मक राजनीतिक प्रभाव हुनसक्ने बिश्लेषण गरिएको हो । स्रोतः साउद चाइना मर्निङ पोष्ट
क्याटेगोरी : विदेश
ट्याग : #दलाई लामाको ८६ औँ जन्मजयन्ती
तपाईको कमेन्ट लेख्नुहोस्