Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

टोकियो ओलम्पिकमा ६ स्वर्णसहित चीनको अग्रता कायमै, दोस्रोमा जापान र तेस्रोमा अमेरिका


काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा कुल २९ स्वर्ण पदकको छिनोफानो भएको छ । हालसम्म १६ राष्ट्रले स्वर्ण जितेका छन् । टोकियो ओलम्पिकको तेस्रो दिन कुल ४० राष्ट्रले पदक जित्दा पदक तालिकामा चीनले अग्रता कायमै राखेको छ । चीनले अहिलेसम्म ६ स्वर्णसहितकुल ११ पदक जितेको छ ।

यस्तै आयोजक जापान ५ स्वर्णसहित कुल ६ स्वर्ण जितेर दोस्रो स्थानमा रहेको छ । अमेरिका ४ स्वर्णसहित कुल १० पदक जितेर तेस्रो स्थानमा रहदा दक्षिण कोरिया २ स्वर्णसहित ५ पदक जिदै चौंथो स्थानमा रहेको छ । ओलम्पिकमा आइतबारसम्म स्वर्ण जित्ने अन्य राष्ट्रमा इटाली, अष्ट्रेलिया, फ्रान्स, अष्ट्रिया, ट्युनिसिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो, थाइल्याण्ड, उज्वेकिस्तान र रसियन ओलम्पिक कमिटि रहेका छन् ।

नेपालबाट पाँच खेलाडीले सहभागिता जनाएका छन् । दुई खेलाडी बाहिरिसकेका छन् । अब पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ ।


क्याटेगोरी : खेलकुद, विदेश
ट्याग : #टोकियो ओलम्पिक

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं