Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

अमेरिकन ३१ बर्षिय महिला समान्था राम्सडेलले बनाईन ठूलो मुख भएको विश्व रेकर्ड


एजेन्सी । अमेरिकाको कनेक्टिकटकी समान्था राम्सडेलले ठूलो मुख भएको विश्व रेकर्ड बनाएकी छन् । राम्सडेलको मुख ६.५६ सेन्टिमिटरसम्म खुल्ने र तेस्रो नाप्दा १० सेन्टिमिटरसम्म पुग्ने गिनिज बुक अफ वर्ल्ड रेकर्डले जानकारी दिएको हो । राम्सडेलले आफूलाई आफ्नो मुख जहिले पनि ठूलो लाग्ने भए पनि टिकटकमा भिडियो पोष्ट गरेपछि मात्र यो कीर्तिमानी रेकर्ड हुने जानकारी पाएको बताएकी छन् ।

सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उनलाई कीर्तिमानका लागि प्रयास गर्न भनेपछि उनी गिनिज बुकमा नाम लेखाउन पुगेकी थिइन् । ३१ वर्षीया राम्सडेलको टिकटकमा १७ लाख फलोअर्सहरु रहेका छन् । ‘मेरो मुखको कारणले म यति चर्चित हुन्छु भन्ने सोचेको पनि थिइनँ,’ राम्सडेल भन्छिन् । भिडियोहरुमा उनले मुखमा एकैपटक तीनवटा डोनट अटाएको, ठूलो मात्रामा फ्राइजहरु अटाएको लगायत भिडियोहरु भाइरल भएका छन् । स्रोतःसीएनएनबाट


क्याटेगोरी : विदेश, सामाजिक सञ्जाल
ट्याग : #ठूलो मुख भएको विश्व रेकर्ड, #समान्था राम्सडेल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं