Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

महिलाहरुमाथि यौन दुव्र्यवहारको आरोप लागेका न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोद्वारा राजीनामा


काठमाडौं । विभिन्न महिलाहरुमाथि यौन दुव्र्यवहारको आरोप लागेका अमेरिकाको न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले राजीनामा दिएका छन् । राज्यकी न्यायाधीवक्ताले गरेको अनुसन्धानमा कुओमोले महिलाहरुमाथि यौन दुर्व्यहार गरेको पाइएको उल्लेख थियो । त्यसपछि उनीमाथि राजीनामाको दबाब परेको थियो ।

लगातार आरोप अस्वीकार गर्दै आएका कुओमोले अझै पनि आफूले कुनै पनि महिलालाई दुर्व्यवहार नगरेको बताएका छन् । उपगभर्नर क्याथीहकलले गभर्नरको जिम्मेवारी सम्हाल्ने छिन् । उनी न्यूयोर्कको नेतृत्व गर्ने पहिलो महिला बन्ने भएकी छन् । कुओमोलाई राष्ट्रपति जो बाइडेनसहित डेमोक्र्याटिक पार्टीकै नेताहरुबाट राजीनामाका लागि दबाब परेको थियो ।


क्याटेगोरी : विदेश
ट्याग : #यौन दुव्र्यवहार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं