Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

गुगलले ग्रामीण क्षेत्रबाट काम गर्ने कर्मचारीको तलब २५ प्रतिशतसम्म काट्ने, फेसबुक टुइटरले पनि पछ्याउदै


काठमाडौं । गुगलले कुनै कर्मचारीले स्थायी रुपमै ग्रामीण क्षेत्रबाट (वर्क फ्रम होम) काम गर्ने इच्छा देखाए तलबसुविधा काट्ने जनाएको छ । गुगलले ग्रामीण क्षेत्रबाट काम गर्नेदेखि स्थायी रुपमै घरबाटै काम गर्ने कर्मचारीहरुको तलब २५ प्रतिशतसम्म कटौती गर्ने जनाएको हो । गुगलले कोर सिटीमा रहेका कार्यालयमा काम गर्ने कर्मचारीको तल भने यथावत राख्ने बताएको छ ।

कोरोना महामारीका कारण कार्यालय पुगेर काम गर्ने अवस्था नभएपनि गुगललगायत अधिकांश टेक जाइन्टहरुले वर्क फ्रम होम लागू गरेका थिए। जसका कारण अझै पनि धेरै कर्मचारी कार्यालय नगइ घरबाटै काम गरिरहेका छन्। फेसबुक र टुइटरले ग्रामीण तथा सहरीभन्दा बाहिर घरमा बसेर काम गर्ने कर्मचारीहरुको तलबसुविधा कटौती गर्ने प्रतिक्रिया दिएको छ।

कार्यालय वरपर वा सहरी क्षेत्रमा महँगोमा बसोबास गरिरहेका कर्मचारीहरु जो कार्यालय आउँछन् उनीहरुको तलब भने नकाटिने बताइएको छ। तर, कम खर्चिलो एवम् ग्रामीण भागमा बसेर काम गर्ने कर्मचारीहरुको हकमा तलबसुविधा कटौती गर्ने गुगलले जनाएको छ। गुगलको उक्त निर्णयपछि दैनिक लामो यात्रा तय गरेर कार्यालय पुग्ने कर्मचारीलाई मार पर्ने बुझिएको छ। फेसबुक टुइटरले पनि सोही अनुसार चल्ने योजना बनाउन लागेका छन् ।


क्याटेगोरी : विदेश
ट्याग : #गुगल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं