Techie IT
  • ८ वैशाख २०८२, सोमबार
KhojPatrika

सीसीपीको गलत कोभिड नीतिले चीन स्वास्थ्य सेवा प्रणाली संकटमा


काठमाडौं । शी जिनपिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को गलत कोभिड नीतिले अर्थतन्त्रलाई मात्र हानी पुर्‍याएको नभई स्वास्थ्य सेवा प्रणालीमा पनि समस्या देखा परेको इनसाइड ओभरले जनाएको छ । जति कडा नीति ल्याए पनि चीनले कोभिडलाई नियन्त्रण ल्याउन नसकेपछि चौतर्फी आलोचना भएको छ । चीनमा कोभिड संक्रमणका कारण हजारौं मानिसहरू मृत्यु भइरहँदा तथा अस्पतालमा संक्रमितको भिड बढिरहँदा समेत चीनमा मास्क लगाउन अनिवार्य गरेको छैन् ।

चीनमा विद्यालयहरू अझै खुला रहेका छन् । तर पनि विद्यार्थी डर तथा बिरामी भएका कारण विद्यालय गएका छन् । मिडिया रिपोर्ट अनुसार २०२२ को अन्त्यमा आइपुग्दा चीनको उत्पादन र सेवा क्षेत्रको ह्रास २०२० यताकै न्यून बिन्दुमा रहेको छ । युरोपियन युनियन चेम्बर अफ कमर्स इन चाइनाका अनुसार चीनमा कार्यरत करिब ८० प्रतिशत युरोपेली कम्पनीले आफ्नो राजस्व प्रक्षेपण घटाएको छ।

इनसाइड ओभरको अनुसार चीनमा २० प्रतिशत युवा बेरोजगार रहेका छन् । विश्व स्वास्थ्य संगठन अनुसार जनवरी ३, २०२० देखि डिसेम्बर २३,२०२२ सम्ममा चीनमा ३१ हजार ५ सय ८५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ भने १ करोडभन्दा बढीमा संक्रमण पुष्टि भएका छन्।

यस्तै, सन् २०२३ मा १० लाख देखि २० लाख जनाको मृत्यु हुने प्रक्षेपण गरिएको छ । स्थानीय अस्पतालहरूमा कर्मचारीहरूले महामारी रोकथाम गर्न र वैज्ञानिक उपचार सुनिश्चित गर्न बिदाको समयमा ओभरटाइम काम गरिरहेको, ग्लोबल टाइम्सले जनाएको छ । सांघाईका जियाडिङ, मिनहाङ र सोङजियाङ लगायतका जिल्लाहरूले हालैका दिनहरूमा सङ्क्रमण र गम्भीर केसहरू बाहेकका बिरामीहरूलाई बिरामीको समस्या अनुसार विभिन्न अस्पतालमा रिफर गर्रिको छ ।

चीनले पछिल्लो समय स्वास्थ्यकर्मीको अभाव झेलिरहेको छ । यसैगरी, कोभिड नियन्त्रण नभएपछि चीन सरकारको विरुद्ध विभिन्न प्रदर्शन हुन थालेको छ । चीनको नौ सहरमा सरकार विरुद्ध व्यापक भएपछि चिनियाँ सरकार पछि हट्न बाध्य भएको थियो । यो सँगै चीनले आफ्नो सबै कोभिड नियन्त्रणको नीति उल्टाएको छ । यसअघि एउटा अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि चीनभर कडा लकडाउनबीच विरोध प्रदर्शन भएको थियो।


क्याटेगोरी : विदेश

तपाईको कमेन्ट लेख्नुहोस्