जरिफा जानः अशिक्षित कश्मीरी सूफी कवि जसले लेख्छिन् कोड भाषामा कविता

काठमाडौं । जरिफा जान कश्मीर उपत्यकाकी एक अद्वितीय सुफी कवयित्री हुन् । उनले आफ्ना कविताहरू सुरक्षित गर्न एक अद्वितीय कोड भाषा प्रयोग गर्छिन्।
६५ वर्षीया जरीफाले ३० वर्षको अन्त्यतिर कविता लेख्न सुरु गरेकी थिइन् । उनले नजिकैको नहरबाट पानी लिन जाने क्रममा आफ्नो चेत गुमाइन् । त्यसै क्रममा उनले आफ्नो पानीको भाँडो पनि गुमाए र पूर्ण रूपमा फरक व्यक्ति जस्तो महसुस गर्न थालिन्। यो अचेतनताको बीचमा उनको मुखबाट अनायासै केही शब्दहरू निस्किए। वास्तवमा यो जरिफाको कविताको सुरुवात थियो।
उत्तरी कश्मीरको बन्दीपोरा जिल्लाकी जरीफाले भनिन् सुरुमा उनकी छोरीले आफ्नो कवितालाई लिखित रूपमा सुरक्षित राख्थिन् । तर उनको पनि मृत्युभएपछि कविता सुरक्षित गरिदिने कोही भएनन् । “मबाट सबै कुरा खोसिएजस्तो लाग्यो। म त्यो आघात कहिल्यै बिर्सने छैन। ” –उनले भनिन्
जरीफाका अनुसार आफू कविता लेख्दैछु भन्ने थाहा पाउन उनलाई धेरै वर्ष लाग्यो । पढ्न र लेख्न नसक्ने भएकाले उनले केही गोलो घेराको रुपमा कवितालाई राख्न थालिन् । यसरी उनी अरू कसैले बुझ्न नसक्ने अद्वितीय कोड भाषाको प्रवर्तक भइन्।
‘यो विचार मेरो दिमागमा आयो कि मलाई थाहा छैन, तर कागजमा लेखिएका यी सर्कलहरू देखेपछि, मैले के लेखेको छु भन्ने बुझ्छु।’–उनले भनिन् ।
जरीफाका छोरा शफातले भने– म विश्वास गर्न सक्दिन कि अशिक्षित भए पनि मेरी आमाले यति राम्रो कविता मात्र लेखिरहेकी छैनन्, तर आफ्नो कवितालाई जोगाउन समर्पित कोडिङ भाषाको सृष्टिकर्ता पनि बन्नुभएको छ।ू
आफ्नी आमाको कवितालाई उनीमा मात्र सीमित नभई संसारभरि पुग्ने गरी आफ्नी आमाको कवितालाई पुस्तकरूपमा सुरक्षित गर्न चाहेको शफातले बताए ।
क्याटेगोरी : विदेश
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्