काग्रेस केन्द्रीय समिति बैठक बिहिबार

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बिहिबार बस्दैछ । बाढी र डुवानको समस्याका कारण स्थगित बैठक पार्टी कार्यालय सानेपा ललितपुरमा बस्न लागेको हो । बैठकमा नियमावलीमा सहमति जुटाउन प्रयास हुने नेताहरुले बताएका छन् । पार्टीको नीति र सिद्धान्तमा समेत छलफल गर्न नपाइने व्यवस्था नियमावलीमा भएको भन्दै कांग्रेस नेताहरुले असन्तुष्टि जनाउदै आएका छन् । अनुशासन र आचारसंहिता लगायतका विषयमा पनि विवाद छ । नियमावलीमा सहमति जुटाउनका लागि बुधबार पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेताले छलफल गरेपनि सहमति जुट्न सकेको छैन । कांग्रेस बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अगाडि बढाउने विषयमाथि छलफल हुने बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ट्याग : #congress
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्