कांग्रेस जागरण अभियानमै केन्द्रीत

काठमाडौं २३ भदौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान मंगलबाट सुरु गर्दैछ । जसको लागि कांग्रेस ७७ वटै जिल्लामा केन्द्रिय प्रतिनिधि खटाइसकेको छ । यो दोस्रो चरणको अभियानबाट मुख्य रुपमा पार्टीको सांगठनिक सुधार र सरकारविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने लक्ष्य लिएको छ ।
नेपाली कांग्रेसका संस्थगापक नेता विपी कोइरालाको १०६औँ जन्मजयन्तीका दिनको अवसर पारेर मंगलबारदेखि राष्ट्रिय जागरण अभियान सुरु हुँदैछ । अभियान आगामी असोज ७ गते समापन हुने छ । अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासन लगायत विभिन्न १५ उद्देश्य निर्धारण गरिएका छन् । यसक्रममा कांग्रेसले सरकारका गलत कामकारवाहीको भण्डाफोर गर्ने जनाएको छ । सरकारले ल्याएका विधेयकहरु लोकतन्त्र र संविधान विरोधी भएको भन्दै जनतामा चेतना जागृत गराउने उद्देश्य कांग्रेसले लिएको छ । सरकार जनविरोधी एजेण्डामा नसच्चिए सडक र सदन दुवै ठाउंबाट सशक्त संर्घषमा उत्रने कांग्रेसको चेतावनी छ । सके त कांग्रेसले सरकार नै ढाल्थ्यो होला । तर संसदमा त्यस्तो शक्ति छैन । तै पनि कांग्रेस नेताहरु सरकारलाई चेतावनी दिन भने छोड्दैनन् ।जागरण अभियानको दोस्रो चरणमा पूर्वघोषणाअनुरूप ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित अभियान गर्ने कांग्रेसको तयारी छ । जसको लागि देशको सवै जिल्लाको निर्वाचन क्षेत्रमा केन्द्रिय प्रतिनिधि समेत खटाइसकेको छ । पहिलो चरणको तुलनामा दोस्रो चरणको अभियानका औपचारिक कार्यक्रम पनि छरितो हुने र वक्ता सीमित गर्ने कांग्रेसको तयारी छ । जागरण अभियानको प्रथम चरण गत वैशाख २५ मा प्रारम्भ भई जेठ २५ मा समापन भएको थियो । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय निकायको चुनावमा अनपेक्षित रुपमा खुम्चिएको कांग्रेसले आगामी चुनावमा बलियो बनेर देखा पर्ने लक्ष्य लिएको छ । तर पार्टीभित्रको अन्तरिक किचलो साम्य नहुँदा सरकारविरुद्धको कदम होस वा जागरण अभियान । प्रभावकारी बन्न सकेको छैन । अर्कोतिर महाधिवेशनको चटारो छँदैछ । नेपालको हरेक राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको कांग्रेस पुर्ववत् अवस्थाको जस्तै शक्तिशाली बन्नका लागि अझै धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #congress
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्