Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

प्रधानमन्त्रीको स्वाथ्यमा क्रमिक सुधार


काठमाडौं १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था हाललाई ’खतरा मुक्त’ रहेको उनको उपचारमा संलग्न चिकित्सकको टोलीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रधानमन्त्रीको एपेन्डिसाइटिस र पेरिटोनाइटिसको शल्यक्रिया भएको चौथो दिन उनको उपचारमा संलग्न चिकित्सक टोलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पत्रकार सम्मेलन गरेर स्वास्थ्य अवस्था बारे विस्तृत जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकले शरीरको प्रतिरोध क्षमता घटाउने औषधि लिइरहेका कारण एपेन्डिसाइटिस भएको ढिलामात्रै थाह भएको जानकारी दिइएको थियो । जसले गर्दा अत्यन्तै जोखिमपूर्ण अवस्था आइपरेको चिकित्सकले बताए । प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमा नै राखिने र शल्यक्रियापछि हुनसक्ने संक्रमणको जोखिम हटेपछि मात्रै अवस्था हेरेर डिस्चार्ज गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकारहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीको निजी चिकित्सक डा. शाहले उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको स्वीकार गरेकी थिइन् । सिंहले प्रधानमन्त्रीलाई मुखबाट ठोस खानेकुरा खुवाउन थालिएको समेत जानकारी दिइन् । प्रधानमन्त्री ओली समान्य हिंडडुल गर्न थालेको समेत डा. सिंहको भनाई थियो । प्रधानमन्त्रीको उपचारमा शाह, सेन्टरका प्रमुख डा. उत्तमकृष्ण श्रेष्ठ, शल्यचिकित्सक डा. रमेशसिंह भण्डारी, मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, सघन उपचार विशेषज्ञ डा. सुभाष आचार्य संलग्न छन् ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, स्वास्थ्य
ट्याग : #प्रधानमन्त्रीको स्वाथ्य क्रमिक सुधार

तपाईको कमेन्ट लेख्नुहोस्