लकडाउन थप्ने–नथप्ने दुई दिनको अवस्था हेरेर निर्णय हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ सालको स्वागत साह्रै अप्ठ्यारो परिस्थितिमा गर्नुपरेको बताएका छन् । प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गर्दै पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमंगको पर्व हुन नसकेको उल्लेख गरेका हुन् । पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने समय उल्लासमय हुनुपर्नेमा त्यसो हुन नसकेको प्रधानमन्त्री ओलीले बताएका छन् । यो वर्ष समीक्षा र नयाँ संकल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्नुपरेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले शुभकामना दिंदै असहज अवस्थाबीच भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना भन्नु परिरहेको उल्लेख गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका कारण प्रभावित भएकाहरुको रोजीरोटीको जोहो गर्ने र देशलाई छिट्टै महामारीबाट उम्काउने बताए । कोरोना विरुद्धको लडाइँ जित्न सबैको एकताबद्ध प्रयास, आत्मविश्वास र मनोबल खाँचो पर्ने बताउँदै उनले संक्रमणको चपेटामा परेका सबैको अभिभावकत्व सरकारले लिने बताए । उनले कोरोना भाइरसको महामारी अन्त्य नभएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा समेत गरेका छन् । प्रधानमन्त्रीको हैसियतमा आफूले पाउने पारिश्रमिक कोरोना भाइरसको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको उनले जानकारी दिए । लकडाउन थप्ने या नथप्ने बारेमा दुई दिनको अवस्था हेरेर मात्रै निर्णय गर्ने प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले आफैंलाई जोखिममा राखी उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र नागरिक सुरक्षामा अहोरात्र खट्ने सुरक्षाकर्मीहरुको व्यक्तिगत र व्यवसायिक सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री ओली
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्