२२ जनाको मृत्यु हुँदा समेत प्रधानमन्त्री भन्छन् कोरोनाकै कारण २/३ जनाको मृत्यु

काठमाडौं । नेपालमा २२ जनाको कोरोनाकै कारण मृत्यु हुँदा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाका कारण मृत्यु भएको संख्या बढीमा ३ रहेको हुनसक्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबारसम्म नेपालमा कोरोनाबाट २२ जनाको मृत्यु भइसकेको तथ्यांक जारी गरेपनि प्रधानमन्त्री ओलीले भने कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या नभएको बताएका हुन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीले अरुको अन्य बिरामीका कारण मृत्यु भएको भन्दै एकाध, दुई, तीन केस मात्रै कोरोनाकै कारणले निधन भएको दाबी गरे ।
प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० लाखमा ० दशमलव ७ प्रतिशतको मात्रै मृत्यु भएको भन्दै प्रधानमन्त्रीले नेपाल कोरोना संक्रमण र मृत्युमा दक्षिण एसियामा भुटानभन्दा मात्रै पछि रहेको बताए । पछिल्लो समय भारतबाट अत्यधिक मान्छे नेपाल आएकाले कोरोनाको संक्रमण वृद्धि भएको प्रधानमन्त्रीले भनाई थियो । उनले ६ जनाको ज्यान जाने गरी भएको रुकुमपश्चिमको सोती घटना र कैलालीमा क्वारेन्टाइनमा रहेकी महिलामाथि भएको बलात्कारको घटनाप्रति दुख ब्यक्त गर्दे दोषीलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाइएको बताए । सरकारले कुनै काम नगरेको भन्दै गलत प्रचारबाजी गरेको प्रधानमन्त्री ओलीको आरोप थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि भएको खर्चमा अनियमतता नभएको दावी गरे ।
उनले केही व्यक्तिहरू सरकारमा रहेकाहरूलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्नेमा लागेको आरोप लगाए । प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने बताए । उनले स्वास्थ्य सामग्री टेन्डर गरेर ल्याउँदा ढिलो गरेको भन्ने र छिटो प्रक्रियामार्फत ल्याउँदा मिलेर भ्रष्टाचार गरेको भन्ने आरोप लाग्नु दुखद् भएको धारणा पनि राखे ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री केपी शर्मा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्