कोरोना कहरः चार जिल्लामा आइतबारदेखि र ६१ जिल्लामा सोमबारदेखि निषेधाज्ञा सकिँदै

काठमाडौं । देशभर कोरोना संक्रमण रोक्न गरिएका निषेधाज्ञा क्रमश खुकुलो बनाउने तयारी थालिएको छ । डेढ महिनादेखि गरिएको निषेधाज्ञा ६१ जिल्लामा भोलिदेखि र चार जिल्लामा आजदेखि निषेधाज्ञा सकिन लागेको छ । तर, केही खुकुलो बनाउदै यी जिल्लामा निषेधाज्ञा थप्ने तयारी भइरहेको छ । यसअघि निषेधाज्ञाको अवधि सकिएका ९ जिल्लाले निषेधाज्ञा थपिसकेका छन् ।
सप्तरीमा भने अर्को निर्णय नभएसम्मका लागि आंशिक निषेधाज्ञा लगाइएको छ । सप्तरी, ताप्लेजुङ र मुस्ताङमा आंशिक र बाँकी ७२ वटा जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा छ । दाङमा असार १ गतेसम्म, हुम्ला, रामेछाप र सल्यानमा असार २ गतेसम्म, भोजपुर, धनकुटा र चितवनमा असार ३ सम्म, गोरखामा असार ५ सम्म र उदयपुरमा असार ७ गतेसम्म निषेधाज्ञा छ ।
कोरोना सङ्क्रमणको जोखिम कम रहेका कारण अहिलेसम्म खोटाङ र मनाङ जिल्लामा भने निषेधाज्ञा हटाइको छ । पहाडी र हिमाली जिल्लामा दुई सय र काठमाडौं उपत्यका तथा तराईमा पाँच सय सक्रिय सङ्क्रमित भए जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिइएको छ । यी जिल्लामा पनि क्रमश निषेधाज्ञा खुकुलो बनाउदै थप्ने तयारी भइरहेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निषेधाज्ञा, #निषेधाज्ञा क्रमश खुकुलो
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्