Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

सर्बोच्च बार र बारले पठाए एमिकस क्यूरीमा प्रतिनिधि


काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले दुईजना वरिष्ठ अधिवक्तालाई एमिकस क्यूरीमा सिफारिस गरेको छ । सर्वोच्च अदालत बार एशोसिएशन कार्य समितिको मंगलबार बसेको बैठकले वरिष्ठ अधिवक्ताद्वय कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई अदालतको सहयोगीका रुपमा रहने एमिकस क्यूरीमा सिफारिस गरेको हो । प्रतिनिधिसभा विघटनको रिटमा असार ९ गतेबाट निरन्तर सुनुवाइ हुनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले शेरबहादुर देउवाको निवेदनमा सुनुवाइ गर्दै जेठ २६ गते सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो भने । त्यस्तै, नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुई÷दुई जना वरिष्ठ अधिवक्ताको सहयोग उपलब्ध गराउन आदेश गरेको थियो । नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा मनोनयन गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइमा अदालतलाई सहयोग गर्न वैद्य र मल्ललाई पठाउने निर्णय गरिएको हो । वरिष्ठ अधिवक्ता वैद्य तत्कालिन पुनरावेदन अदालतका पूर्व न्यायाधीश हुन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता भएका थिए । उषा मल्ल पाठक नेपाल बारको पूर्व उपाध्यक्ष हुन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा असार ९ बाट विघटनको मुद्दामा निरन्तर सुनुवाई हुँदैछ । जेठ ७ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा।आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले नेपाल बार र सर्वोच्च बारबाट दुई, दुईजना एमिकस क्युरी माग गरेको थियो ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमिकस क्यूरी, #सर्वोच्च अदालत

तपाईको कमेन्ट लेख्नुहोस्