Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

माधव नेपाल मनाउन ओलीद्धारा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी


काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेका छन् । गत २८ फागुनमा बनाइएको महाधिवेशन आयोजक कमिटी खारेज गर्नका लागि असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बोलाइएको नेताहरुले बताएका छन् । १६ गते बिहान ११ बजे बस्ने बैठकले आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटी ब्युँताउने निर्णय गर्नेछ ।

आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो । त्यही बैठकबाट अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको ६ बुँदे एकताको प्रस्ताव अनुमोदन गराउने तयारी भएको छ ।

अध्यक्ष ओलीले जेठ २३ मा ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । तर उक्त ६ बुँदेमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह सहमत छैन । नेता नेपालले भने ओलीले भनेजस्तो २०७५ जेठ ३ नभएर जेठ २ अगाडिको अवस्थामा एमाले फर्किनुपर्ने अडान लिँदै आएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओलीले, #नेकपा एमाले

तपाईको कमेन्ट लेख्नुहोस्