इजलासमा आजदेखि सरकारी पक्षको बहस,महान्यायाधिवक्तालाई ३ घण्टा समय

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमाआजदेखि सरकारी पक्षको बहस गर्ने भएका छन् । आइतबार रिट निवेदनकर्ताको तर्फबाट बहस सकिएसँगै आजदेखि सरकारी पक्षको बहस सुरु हुन लागेको हो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदले दायर गरेको रिटको सुनुवाइका लागि संवैधानिक इजलासले दिएको १२ घण्टाको सीमा सकिएसंगै हिजोको वहस पनि टुंगिएको हो ।
इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएको थियो । सो समयमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा गत बुधबारदेखि नियमित बहस शुरु भएको हो । आज शुरु हुने सरकार पक्षको वहसका लागि इजलासले १५ घण्टाको समय दिएको छ । सो अवधिको १ घण्टा रिट निवेदनमा विपक्षी बनाइएको सभामुखका कानुन व्यवसायीहरुलाई छुट्याइएको छ ।
सरकारी पक्षले गरेको आन्तरिक व्यवस्थापन अनुसार महान्यायाधिवक्ता बडालले ३ घण्टा र नायब महान्यायाधिवक्ता पदम पाण्डेले २ घण्टा बहस गर्नेछन् । सरकारी पक्षले पाएको १४ घण्टामध्ये प्रधानमन्त्री र राष्ट्रपतिका निजी कानुन व्यवसायीका लागि साढे ६ घण्टा समय छुट्टयाइएको छ । यसअघि शेरबहादुर देउवासहित १ सय ४६ रिट निवेदकको तर्फबाट ३६ जना कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभा विघटन, #बहस सुरु
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्