जसपाको विवाद टुंग्याउन इजलास गठन, साउन ३ गते दुवै पक्षलाई बोलाइयो

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको विवाद टुंग्याउन निर्वाचन आयोगले आवश्यक प्रक्रिया सुरु गरेको छ । बुधबार बसेको आयोग पदाधिकारीहरुको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो । बैठकले सुनुवाका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने समेत बैठकले निर्णय गरेको छ ।
यसअघिको छलफलमा दुवै पक्षले आ आफ्नो आधिकारिकता दावी गर्दै एकता सम्भव नरहेको बताएपछि आयोगले वैधानिक ढंगले विवाद समाधानको प्रयास थालेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । दुवै पक्षबाट लिखित जवाफ आएको १५ दिनभित्रै निरुपण गर्ने आयोगको तायरी छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ५ मा ‘विवादका पक्षहरू उपस्थित भई विवाद निरुपण गर्न सहमत भएमा आयोगले पक्षहरूबीच भएको सहमति बमोजिम विवाद निरुपण गर्ने’ उल्लेख गरिएको छ । तर छलफलमा दुवै पक्ष सहमत नभएकोले अब राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ६ अनुसारको प्रक्रिया सुरू हुने आयोगले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जनता समाजवादी पार्टी
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्