विपक्षी गठबन्धनलाई ठूलो धक्का, माधव नेपाल ओलीतिर, देउवा अल्पमतमा
देउवालाई माधव नेपालको धोका

काठमाडौं । नेकपा एमालेको विवाद समाधानतर्फ मोडिएपछि बिपक्षी गठबन्धनलाई ठूलो धक्का लाग्ने देखिएको छ । अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच सहमतिको अन्तिम खाका तयार पार्न कार्यदल व्यस्त बनेपछि विपक्षी गठबन्धन भत्किने सम्भावना बढेको हो । पार्टीभित्र समस्यामा पर्दा गठबन्धनको शरणमा पुगेका शिर्ष नेता नेपालले एमालेका दुई धार बीचको सहमतिसँगै कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने बाटो समेत बन्द गरिदिन लागेका छन् ।
नेकपा एमालेको नेपाल–खनाल समूहले नेपाली कांग्रेसको नेतृत्वमा बनेको बिपक्षी गठबन्धनलाई अन्ततःधोका दिने पक्का भएको छ । डेढ महिना अघि अध्यक्ष केपी शर्मा ओलीकै कारण एक्लीएको नेपाल खनाल समूहले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहसँग संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनाएरै अघि बढ्ने सहमति गरेको थियो । तर, ओलीसँग सहमति हुने पक्का भएपछि गठबन्धनलाई नेपाल समूहले वेवास्ता गरेको छ ।
पहिलो पटक संसद बिघटन गर्दा र नेकपा हुँदा पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर ओली बिरुद्ध लागेको नेपाल–खनाल समूह सर्बोच्चको आदेशसँगै नेकपा विघटन भएपछि पार्टीभित्रै ओलीको बिभाजनमा परेको थियो । प्रतिनिधि सभा दोस्रो पटक विघटनमा परेपछि ओलीलाई जसरी भएपनि हराइ छाड्ने मनस्थितिका साथ नेपाल खनाल समूह विपक्षी गठबन्धनमा सामेल मात्र भएन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्बोच्च अदालतमा समेत उपस्थित भएर हस्ताक्षर गरेको थियो । ओलीसँग पदीय भागबण्डामा मिल्न लागेपछि नेपाल–खनाल समूहले अव गठबन्धनलाई धोका दिने निश्चित जस्तै भएको हो ।
एमाले कार्यदल सदस्य समेत रहेका नेपाल समूहका नेता सुरेन्द्र पाण्डे देउवालाई सधैँका लागि प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको जिकिर गर्छन् । नेता पाण्डेको भनाईलाई मान्नेहो भने एमाले सहमति नजिक छ, भन्न सकिन्छ । सर्बोच्च अदालतको फैसलालाई स्वीकार गर्दै संसद पुर्नस्थापना भएपनि ओलीलाई समर्थन नगरेर अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउन नसकिने नेता पाण्डे बताउछन् । एमालेको एकताले शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने बाटो बन्द हुनेछ ।
नेपाल खनाल समूहको साथ पाएर बहुमतमा पुगेको विपक्षी गठबन्धन संसदीय अंकगणितमा स्वत अल्पमतमा पर्नेछ । त्यसपछि देउवाको पक्षमा १ सय २३ मात्रै सांसद रहन्छन् । बहुमतका लागि १ सय ३६ सांसदको आवश्यक पर्छ । जुन एक ढिक्का बनेको एमाले र जसपाको महन्थ ठाकुर पक्षको समर्थनले ओलीलाई फेरि बहुमतमा पु¥याउने छ । तर, बिपक्षी गठबन्धन भने ओलीलाई अहिले पनि बहुमत पुर्याउनबाट रोक्न सकिने नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन बताउछन् । ओली र नेपालखनाल समूहको गाँसिएको सम्बन्धले फेरि एक पटक पुष्टि भएको छ, राजनीतिमा कोही स्थायी शत्रु हुँदैनन् र कसैले कसैको विश्वास पनि गर्न मिल्दैन भन्ने ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली, #नेपाल–खनाल समूह, #बिपक्षी गठबन्धन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्