प्रधानमन्त्री ओली पुगे बाढी पहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बाढी र पहिरोले क्षति गरेको क्षेत्र अवलोकनका लागि सिन्धुपाल्चोक पुगेका छन् । बाढी र पहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट सिन्धुपाल्चोक पुगेका हुन ।
प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र बाढी र पहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस वर्ष सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपाल लगायत अरु ७ जिल्लामा घर क्षति भएका परिवारलाई राहत स्वरुप पहिलो किस्तामा प्रतिपरिवार ५० हजार रुपैयाँ अस्थायी घर बनाउन रकम निकासा भएको छ ।
मनसुन सुरु भएलगत्तै गएको असार पहिलो हप्ता आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनासहित विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको थियो । सिन्धुपाल्चोकसहित यसवर्ष दाङ, प्युठान, दैलेख, बाजुरा, लमजुङ, अर्घाखाँची र हुम्लामा गरी ५ सय ७३ परिवारको घर क्षति भएको छ । पीडितलाई अस्थायी आवास बनाउन २ करोड, ८६ लाख रुपैयाँ पठाएको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यस्तै अघिल्लो वर्षको बाढी र पहिरोबाट घरबारविहीन २२ जिल्लाका चार हजार ९ सय ३७ लाभग्राहीको घर बनाउन झण्डै ३० करोड रुपैयाँ पठाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री केपी शर्मा, #बाढी र पहिरो
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्