लामो दुरीका यातायात जोर–विजोरका आधारमा खुलाउने तयारी

काठमाडौं । निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । बैठकमा लामो दुरीका सार्वजनिक यातायातका साधन सन्चालनका सम्बन्धमा पनि छलफल हुनेछ ।
लामो दूरीका सार्वजनिक सवारीलाई जोर–बिजोर प्रणालीमा चलाउने तयारी गरिएको छ । स्वास्थ्य मापदण्ड अपनाएर लामो दुरीका सवारी साधन जोरबिजोर प्रणालीका आधारमा चलाउन दिनेबारे आज निर्णय हुने जनाइएको छ ।
काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनमा यसअघि लगाइएको जोरबिजोर प्रणालीको नियम हटाइसकिएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पासको व्यवस्था गरी उपत्यका भित्रिन दिइएको छ । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिंदैछ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #काठमाडौं उपत्यका, #निषेधाज्ञा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्