Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

कसरी अघि बढ्ला देउवा नेतृत्वको गठबन्धन ?


काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समुह, जसपाको बाबुराम–उपेन्द्र समुह र राष्ट्रिय जनमोर्चाले प्रतिनीधि सभापुर्नस्थापना भई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्र्रधानमन्त्री नियुक्त गरी पाउँ भन्दै दिएको रिट निवेदनलाई सर्वोच्च अदालतले सदर गरेपछि देउवा मुलुकको प्रधानमन्त्री बने । शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि एमालेको खनाल–नेपाल समुहले आफु गठबन्धनमा रहेको बताईसकेको छ भने राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने भनेको छ । यद्यपी यी दुवै दलले सरकारलाई विश्वासको मत दिने प्रतिबद्धता भने जनाएका छन ।

नेपाली कांग्रेससंगै नेकपा माओवादी केन्द्र र जसपाको बाबुराम–उपेन्द्र समुह सरकारमा रहनेछन । सरकारमा सहभागी दलहरुबाट मन्त्री हुन चाहनेको संख्या भने ठुलो छ । ठुलो संख्यामा नेताहरुले मन्त्रीका लागी आकांक्षा देखाउँदा प्रधानमन्त्री देउवालाई मन्त्रीहरुको छनोट गर्नु फलामको चिउरा चपाए सरह भईरहेको छ । तर, नेपाली कांग्रेसका नेता मानबहादुर विश्रकर्मा लामो समय राजनीतिमा रहेका देश र जनताको हक हितका लागी संघर्ष गरेका नेताहरुले मन्त्री बन्ने इच्छा प्रकट गर्नुलाई अस्वभाविक रुपमा हेर्न नहुने बताँउछन ।

पार्टीको आसन्न महाधिवेशनलाई मध्यनजर गर्दै धेरै नेताहरुलाई रिझाउनु पर्ने बाध्यता शेरबहादुर देउवा सामु छ । यस्तोमा नेपाली कांग्रेसबाटै उनले धेरैलाई मन्त्री बनाँउनुपर्ने हुन्छ । सरकारमा कांग्रेसबाटै धेरै मन्त्री सहभागी भएमा गठबन्धनका सहयोगी दलहरु चिडीएर साथ छोडन सक्ने खतरा पनि कतिपयले औल्याइरहेका छन । विश्लेषक रमेश घिमीरे भने यो असमान्य अवस्थामा बनेको सरकार भएकाले मन्त्रीको कुरालाई लिएर मात्रै गठबन्धनमा आबद्ध दलहरुले प्रधानमन्त्री देउवाको साथ नछोडने बताँउछन । निर्वतमानप्रधानमन्त्री केपी ओलीका असंवैधानिक र अलोकतान्त्रीक कदम बाट आजीत भएर नेपाली कांग्रेस नेतृत्वमा गठबन्धन निर्माण गरेको नेताहरुले बताँउने गरेका छन । यस्तोमा सरकारमा सहभागीता र सत्ता बाडफाडको विषयलाई लिएर गठबन्धन भत्किने देखिदैन ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेकपा माओवादी केन्द्र, #नेपाली कांग्रेस

तपाईको कमेन्ट लेख्नुहोस्