कोभिड–१९ महामारी रोकथामका लागि देउवालाई १८ बुँदे सुझाव

काठमाडौं । कोभिड–१९ महामारी रोकथामका लागि पूर्वतयारी गर्न भन्दै आठजना विज्ञले प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव पत्र बुझाएका छन् । नेपाल जनस्वास्थ्य प्रतिष्ठानमा आवद्ध विज्ञहरुले योग्य, क्षमतावान, सत्यनिष्ठा र इमान्दार छविको व्यक्ति स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने सुझाव दिएका छन् । त्यसैगरी स्वास्थ्य प्रणालीको क्षमतालाई वृद्धि गर्न आग्रह गरिएको छ ।
अस्पतालको बेड, एचडीयू, आइसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि उनीहरुले माग प्रस्तुत गरेका छन् । कोभिडको परीक्षण बढाएर, आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङमा वृद्धि गर्न पनि सुझाव छ । अक्सिजन उत्पादन र आपूर्ति क्षमतामा वृद्धि गरी सहरका वडा र गाउँपालिकामा अक्सिजन बैंक स्थापना गर्न उनीहरुको माग छ । राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहितको सुझाव तथा सल्लाहलाई मान्न पनि भनिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #देउवालाई १८ बुँदे सुझाव
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्