एमालेमा एकताको प्रयास कहिलेसम्म ? किन अल्झिएको छ ओली नेपालको संवाद

काठमाडौं । नेकपा एमाले एकता र विभाजन बिचको दोसाधको अवस्थामा छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल बिच ब्यक्तीत्व टकराव भईरहदा दोस्रो तहका नेताहरुले पार्टीलाई एकताबद्ध बनाउन भरमजदुर प्रयास गरिरहेका छन । एमाले एकताका लागी दुई नेता बिच समान हैसीयतमा शक्ती बाँडफाड गर्ने विकल्प माथी पनि छलफल भईरहेको देखिन्छ । अध्यक्ष केपी शर्मा ओलीले गरेको निषेधको राजनीति बाट सुरु भएको विवादले एमालेलाई बिभाजनको मोडमा पु¥याएको छ । पार्टीमा बढदो अन्र्तद्धन्दलाई समाधान गर्न गठीत विवाद समाधान कार्यदलले १० बुँदे सहमती गरेपनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।
विघटीत विवाद समाधान कार्यदलका सदस्य, पार्टीका दोसा्रे पुस्ताका नेता र सांसदहरुले सहमतीलाई कार्यान्वयन गर्न अन्वरत प्रयास गरीरहे पनि दुई शिर्ष नेता बिचको ब्यक्तीत्व टकरावले सफलता पाईरहेका छैन्न । अध्यक्ष ओलीको दम्भ र वरिष्ठ नेता नेपालको कुन्ठाले पार्टीलाई दिन प्रतिदिन विभाजन उन्मुख अवस्था तिर धकेल्दै छ । ओली र नेपालका अभिब्यक्ती एंव भाषणमा एकअर्का प्रति कटु आलोचना र अपमानपुर्ण भाषाको प्रयोग पाईन्छ । दुवै नेताले अर्को पक्षको अस्तीत्वलाई नै चुनौती दिईरहेको वर्तमान समयमा एमाले एकताका लागी प्रयास गरीरहेका नेताहरुले विभिन्न विकल्प माथी छलफल गरीरहेका छन ।
पार्टीको शक्ती सन्तुलनमा दुवै नेतालाई समान हैसियतमा राख्ने गरी एमालेलाई एकताबद्ध बनाउने बारेमा पनि दोसा्रे तहका नेताहरु बिच छलफल भईरहेको छ । एमाले नेता रघुजी पन्त पार्टीमा समान प्रतिनीधित्वको कुरा स्वभाबिक भएको बताँउछन । अध्यक्ष ओलीले वरिष्ठ नेता माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको कुरा सार्वजनिक रुपमै बोलिसकेका छन । तर वरिष्ठ नेता नेपालले चाँही दोसा्रे अध्यक्ष नभएर समान हेसीयतको अध्यक्ष खोजीरहेको नेताहरु बताँउछन । एमालेको पहुँचमा रहेको राज्यसत्तामा पनि नेता नेपालले आफ्नो समुहको प्रतिनीधित्व खोजीरहेका छन ।
एमाले नेतृत्वका प्रदेश सरकार ओली समुहको मात्रै नेतृत्वमा नभएर त्यसमा खनाल नेपाल समुहको पनि नेतृत्व हुनपर्ने उनको माग छ । यस्तोमा वरिष्ठ नेता नेपालका माग सम्बोधन गर्न अध्यक्ष ओली कतिको तयार हुन्छन त्यसैमा एमालेको भबिक्ष्य निर्भर रहेको देखिन्छ । एमाले नेता आनन्दप्रसाद पोखरेल पार्टी एकताको लागी अध्यक्ष ओलीले अन्तीम समयसम्म प्रयास गर्ने बताँउछन । विवाद समाधान कार्यदलको सहमती, प्रतिनिधी सभाको पुर्नस्थापना र ओली सरकारको बर्हिगमनपछि एमालेमा सैद्धान्तिक विवादका विषय बाँकी रहेको देखिदैन । अहिलेको एमाले विवादमा दुई नेताबिचको ब्यक्तीत्व टकराव र शक्ती बाँडफाडको विषय मात्रै पाईन्छ । तसर्थ जुन दिन एमालेका दुई शिर्ष नेता बिचको सम्बन्ध सहज भएर शक्ती बाँडफाडको विषय सुल्झीन्छ, त्यही दिन नेकपा एमाले एकताबद्ध हुनेछ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केपी ओली, #केपी शर्मा ओली, #माधव नेपाल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्