एमालेमा अध्यक्ष र महासचिव मात्र निर्वाचित, स्थायी कमिटी खारेज गर्ने विधान संशोधन प्रस्ताव

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । सोमबार बसेको स्थायी कमिटीले बैठकले विधान संशोधन प्रस्ताव पारित गरेसँगै केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय हो । एमालेले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्र चुन्ने गरी विधान संशोधन प्रस्ताव अघि सारेको हो । जसमा १३ पदाधिकारी रहनेछन् भने स्थायी कमिटी खारेज गरेर सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी हुनेछ ।
प्रस्तावित विधानमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र ७ सचिव हुने उल्लेख छ । उनीहरुमध्ये अध्यक्ष महाधिवेशनबाट निर्वाचित हुनेछन् भने अरु केन्द्रीय कमिटीले चयन गर्ने व्यवस्था गरिएको छ । हाल अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव रहने व्यवस्था छ र सबै महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ । यस्तै स्थायी कमिटी खारेज गर्ने, पोलिटब्यूरो र २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्तावित विधानमा उल्लेख छ ।
प्रदेश, जिल्ला र स्थायी तहका कमिटीमा अध्यक्ष, उपाध्यक्ष सचिव र दुई सहसचिव रहनेछन् । सबै कमिटीमा अध्यक्ष र कमिटी अधिवेशनबाट चुनिनेछ । स्थायी कमिटीले पास गरेका दस्तावेज केन्द्रीयय कमिटी बैठकमा छलफलका लागि केन्द्रीय कमिटी बैठकमा पेश हुने नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए । उनले स्थायी कमिटीले पारित गरेको विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने स्थायी कमिठटीले बैठकले निर्णय गरेको बताए । संस्थापन पक्षले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अनुपस्थित रहँदै आएको छ । आन्तरिक विवाद समाधान नहुँदासम्म बैठकमा सहभागी नहुने माधव नेपाल पक्षको अडान रहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेकपा एमाले
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्