Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

भारतले आफनो ७५ औं स्वतन्त्रता दिवस, के–के गरे प्रधानमन्त्री मोदीले घोषणा


काठमाडौं । भारतले आज आफनो ७५ औं स्वतन्त्रता दिवस मनाइरहेको छ । १५ अगष्ट सन् १९ सय ४७ का दिन बेलायतको उपनिवेशबाट मुक्त भई स्वतन्त्र भएको भारतले प्रत्येक वर्ष यसै दिन स्वतन्त्रता दिवस मनाउने गरेको छ । नेपालस्थित भारतीय राजदूतावासले स्वतन्त्रता दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दै आएको छ । उसले सामाजिक क्षेत्रमा समेत सहयोग गर्दछ । विशेषगरी आजको दिनभारतीय राजदूतावासले सामाजिक संस्थाहरुलाई एम्बुलेन्स तथा बस सहयोग गर्दै आएको छ । भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका नेताहरु वीपी कोइराला, डा. डिल्लीरमण रेग्मी, मनमोहन अधिकारी लगायतले महत्वपूर्ण भूमिका खेलेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा किसान, छात्रा तथा युवाहरुका लागि विभिन्न घोषणाहरु गरेका छन्। उनले देशका सबै सैनिक विद्यालयहरुमा अब छात्राहरुले पनि अध्ययन गर्न सक्ने घोषणा गरेका छन् । केही समयअघि भारतको एक सैनिक विद्यालयमा छात्रालाई भर्ना गरेर परीक्षण गरिएको जानकारी दिँदै मोदीले भने, ‘अब भारतका सबै सैनिक विद्यालयहरुमा छात्राहरुलाई पनि भर्ना लिइने छ।

’ लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले मातृभाषाको जगेर्नालाई प्राथमिकता दिइनुपर्नेमा जोड दिए। उनले भारतका साना किसानहरुको सुविधाका लागि सरकारले आवश्यक नीति लिने बताए । कृषि सुधारका लागि साना किसानहरुलाई सम्मान योजना लागु गरिएको उनले बताए । देशका साना किसानको शक्ति बढाउनेमा सरकार लागि पर्ने उनले बताए। मोदीले २५ वर्षका लागि देशले नयाँ लक्ष्य लिएको घोषणा गर्दै उक्त लक्ष्य पूरा गर्ने अभियानमा जुट्न सम्पूर्ण देशबासीलाई अपिल गरे।

अबको २५ वर्षपछि भारतले स्वतन्त्रताको अमृत काल मनाउने उनले बताए । ‘अमृत काल देशको नयाँ लक्ष्य हो जो २५ वर्षको छ’, मोदीले भने, ‘यो समयमा भारतले आधुनिक विकासको क्षेत्रमा नयाँ प्रगति हाँसिल गर्नु छ।’ मोदीले अब हरेक वर्षको अगष्ट १४ लाई विभाजन विभिषिका स्मृति दिवसका रुपमा मनाइने घोषणा पनि गरेका छन् । मोदीले कमजोर इन्फास्ट्रक्चरले देशमाथि नोक्सान हुने बताउँदै असाधारण स्तरले काम गर्नका लागि नयाँ जलमार्ग या नयाँ स्थानमा सिप्लेनसँग जोड्ने काम भैरहेको बताए । भारतीय रेलवेलाई पनि आधुनिक रंगमा ढाल्ने काम भैरहेको उनले बताए ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश
ट्याग : #स्वतन्त्रता दिवस

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं