ओलीको दम्भ अझै रोकिएन, माधव नेपालतिर जाँदै कार्यकर्ता, केन्द्र देखि प्रदेशसम्मै एमाले प्रतिपक्ष

काठमाडौं । दुई तिहाई नजिकको जनमतसहित सत्ताको नेतृत्वमा पुगेका केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले अहिले संघ सरकार देखी प्रदेशसम्मै प्रतिपक्षीको भूमिकामा पुगेको छ । पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले एमाले बिभाजन गराएर एकिकृत समाजवादी दल दर्ताको प्रक्रिया सुरु गरेपछि प्रदेशको सत्ता जोगाउने रणनीतिसहित बागमती र प्रदेश नम्बर १ मा फेरिएका मुख्यमन्त्री समेत अहिले अल्पमतमा परेका छन् । नेपालको क्याम्प छाडेपछिको उपहार स्वरुप बागमती प्रदेशमा एमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइएपनि बागमती प्रदेश सरकार जोगाउने एमालेका अध्यक्ष ओलीको प्रयास विफल हुने भएको छ ।
मुख्यमन्त्री शाक्यले प्रदेश सभा सांसदहरुलाई मन्त्रीको अफर गरेर रोक्न खोजेपनि १२ जनाले नेकपा एकिकृत समाजवादी रोजेका छन् । अब शाक्यले सरकार जोगाउन २२ भदौभित्र आफै नेकपा ए समाजवादी प्रवेश गर्नुपर्छ कि त अन्य दलसँग गठबन्धन गरेर बहुमत पुर्याउनुपर्नेछ । यी दुवै सम्भावना लगभग देखिदैन । ओलीले शाक्यलाई मुख्यमन्त्री बनाएर माधव नेपालको पक्षमा जान रोकेपनि असफल हुने देखिएको छ । यस्तै आफ्ना विश्वासपात्र शेरधन राईलाई फिर्ता बोलाएर प्रदेश एकमा मुख्यमन्त्री बनाइएका भीम आचार्य समेत अल्पमतमा परेका छन् । प्रदेश नम्बर १ मा अहिले नै १० सांसद नेकपा एसमाजवादीमा खुलेपनि कति सांसदले एमाले छाड्ने हुन खुलिसकेको छैन ।
एमालेमा रहने र छाड्ने सांसदको संख्याले नै सरकार टिक्ने या नटिक्ने टुंगो लग्नेछ । १० सांसदले एमाले छाड्ने अवस्था आएमा नै मुख्यमन्त्री आचार्यको बहुमत गुम्नेछ । यहाँ अन्य साना दलसँग मिल्दा पनि बहुमत पुग्ने देखिदैन । मुख्यमन्त्री भीम आचार्य माधव नेपालको साथ जान लागेका ५ सांसदलाई रोक्न सक्रिय भएपनि सरकार जोगाउन असफल भएको स्वयम मुख्यमन्त्री आचार्यले नै स्विकार गर्न थालेका छन् । मन्त्री पदको अफर गर्दा समेत उनले सांसद रोक्न सकेका छैनन ।
प्रदेश एक र बागमतीमा समेत एमाले सरकार ढलेमा नेकपा एमाले केन्द्र सरकार केन्द्र देखि ७ वटै प्रदेशहरुमा प्रतिपक्षी बन्नेछ । यसअघि नै अध्यक्ष ओलीका विश्वास पात्रले नेतृत्व गरेको गण्डकी र लुम्बिनी प्रदेश सरकार ढलिसकेको छ । एकपछि अर्को गर्दै ओली नेतृत्वको एमालेलाई देशभर प्रतिपक्ष बनाउने रणनीतिमा बिपक्षी गठबन्धन सफल बन्दै गएको छ । धेरै स्थानीय निकायमा एमाले नेतृत्वको नगर र गाउँपालिका सरकारहरु भने यथावत छन् । कतिपय स्थानीय तहमा समेत नेकपा एसमाजवादी रोज्नेहरुले गर्दा एमालेको धेरै पकड गुम्ने आँकलन गरिदैछ ।
दुई तिहाई नजिकको जनमत रहेको दललाई एकलौटी रुपमा अघि बढ्ने अध्यक्ष ओलीको स्वभावले छिन्न भिन्न बनाएको मात्रै छैन आफूलाई शक्तिशाली दाबी गर्ने एमाले अध्यक्ष ओली केन्द्रदेखी प्रदेशसम्मै कमजोर बनेका छन् । बिगतमा राजनीतिक रुपमा धेरै पाएका ओली पछिल्लो समय एउटै कार्यकालमा दुई दुई पटक संसद विघटनको असफल किर्तिमानीसहित सबै अवशरहरु गुमाईरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली, #माधवकुमार नेपाल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्