काँग्रेसको अधिवेशनको कार्यतालिकामा फेरि हेरफेर

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह र क्षेत्रीय अधिवेशनहरुको कार्यतालिकामा हेरफेर गरेको छ । बुधबार सिंहदरवारमा बसेको पदाधिकारी बैठकले दसैँअघि वडा र पालिका अधिवेशन सम्पन्न गर्ने सहमति जुटाएको हो । यसअघि असोज ९ गते सबै स्थानीय तहको निर्वाचत गर्ने तालिका थियो ।
अब ९ गतेसम्म वडा अधिवेशन सकेर दसैँ अघि गाउँ र नगर अधिवेशन सम्पन्न गर्ने निर्णय भएको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन भने दसैँपछि हुनेछन् ।
असोज ९ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने र ९ गते नै तोकिएका ठाउँमा गाउँ तथा नगर अधिवेशन गर्न सकिने कांग्रेसको निर्णय छ । काँग्रेसले आगामी मंसिरमा गर्ने राष्ट्रिय महाधिवेशनअघि वडादेखि प्रदेशसम्मका अधिवेशन सक्नुपर्नेछ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्