१० बुँदेबारे ओलीको अभिब्यक्तीले एमालेमा तरंग,माधव छाडेका नेताहरु असन्तुष्ट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोलीमा जति छुद्र छन्, व्यवहारमा त्योभन्दा बढी कपटी छन् । उनलाई बुझ्नेहरुले भन्ने गरेको यो कुरा, बेला बेलामा उनी स्वयंले नै पुष्टि गरि दिन्छन् । नेकपा एमालेको विभाजनलाई रोक्ने नाममा गरिएको गत असार २७ गते गरिएको १० बुँदे सहमतिलाई एमालेले स्विकार गरि सकेको छ । त्यही १० बुँदे सहमतिको आडमा कतिपय नेताले पार्टी विभाजनको बेला माधवकुमार नेपालको साथ छाडेर ओलीको हात थामेका थिए । तर, अहिले ओली १० बुँदे सहमतिको नाम समेत सुन्न नसक्ने बनेका छन् ।
बुधबार आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनमा माधवकुमार नेपालको साथ छाडेका नेताहरुलाई अब १० बुँदे सहमतिको रटान छाड्न आदेश दिए । उनको त्यो आदेशसँगै एमालेको आन्तरिक राजनीतिक फेरि एक पटक तातेको छ । पार्टी एकताका लागि गरिएको त्यो सहमति अर्थहिन रहेको भन्दै ओलीले १० बुँदेको रटानमा एकतारे बजाएर भजमन गोविन्दम् गरिरहन आवश्यक नरहेको बताएका थिए । साथै उनले अब एक ठाउँमा मिलेर खुरुक्क एकताबद्ध भएर अगाडि बढ्न निर्देशन समेत दिएका थिए । उनले त्यही सहमतिका आधारमा कतिपय नेता एमालेमा रहेको स्विकार गर्दै भविष्यमा माधव नेपाल बाहेक अरु नेता तथा कार्यकर्ताका लागि समेत एमालेमा ढोका खुल्ला रहेको बताएका थिए । उनले जे जति छुद्र र रुखो बोले पनि सन्देस भने एउटै दिएका छन्, अब एमालेले १० बुँदे सहमतिलाई अस्विकार गरिसकेको छ ।
१० बुँदे सहमतिसँगै माधव नेपालको साथ छाडेका कतिपय नेताले आफ्नो हैसियत अनुसार नै पार्टीको पदिय जिम्मेवार पाएका छन् । कतिले हैसियतभन्दा बढी नै फाइदा पनि लिएका छन् । तर, १० बुँदे सहमति गर्न दिनरात खटिएका भीम रावलले भने पुरानो दायित्व पाएका छैनन् । १० बुँदे सहमतिमा एमालेको संगठनात्मक संरचना २०७५ जेठ २ गते अगावैको अवस्थामा फर्काउने उल्लेख छ । त्यो बेला एमालेको सुदुर पश्चिम प्रदेश इन्चार्ज रहेका रावलले पुरानो जिम्मेवारीमा फर्कन पाएका छैनन् । ओलीले उनको स्थानमा माओवादी केन्द्र त्यागेर आफ्नो साथ दिएका लेखराज भट्टलाई इन्चार्जमा कायम राखेका छन् । रावलले लगातार यसको विरोध गर्दै आएका छन् । रावल जति ठूलो स्वरले १० बुँदे कार्यान्वयनका लागि आवाज उठाउँछन्, ओली त्योभन्दा ठूलो स्वरले उनलाई चुप लगाउने प्रयास गर्छन् ।
ओलीका पछिल्ला अभिव्यक्तिको पछाडि माधव नेपाललाई छाडेर एमाले मै रहेका नेताहरुलाई नरुचाउने पंक्तिको हात रहेको छ । त्यो खेमा ओलीलाई सत्ताबाट पदच्युत गराउने अवस्थासम्म पु¥याउने रावलसहित अन्य १० जना नेतालाई औकातमा राख्नु पर्ने सल्लाह दिन्छन् । हुन पनि रावलसहित एमाले मै रहेका नेताहरुले संसदमा ओलीलाई विश्वासको मत नदिएर तथस्ट बसेका थिए । ओलीलाई गलाउन सडकदेखि न्यायालयसम्म हरेक मोर्चामा कम्मर कसेर लागेका थिए । ओलीलाई नजिकबाट चिन्नेहरुको बुझाइ अनुसार उनी आफ्नो विरोध गर्नेलाई समयानुसार औकात देखाउन माहिर छन् । अहिले उनको बोली र व्यवहारले त्यो कुराको पुष्टि पनि गरिरहेको छ ।
आगामी मंसिरमा हुने एमालेको महाधिवेसनमा ओलीले कुनै बेला आफ्नो विरोधमा खनिएका नेताहरुलाई एक हदसम्म तह लगाउने अनुमान गर्न सकिन्छ । त्यसपछि आगामी चुनावमा ओलीले उनीहरुलाई सकेसम्म पाखा लगाएर हैसियत देखाउने बुझ्न कठिन छैन । ओलीको व्यवहार र योजनाबाट जानकार तेस्रो धारका भनिने नेताहरु पार्टीमा अस्तित्व रक्षा कसरी गर्ने भन्ने योजना बुन्न थालेका छन् । उनीहरु मध्ये कतिपयले नेताले ओलीको आर्शीवाद नथापेसम्म पार्टीमा हैसियत कायम राख्न नसक्ने बुझि सकेका छन् भने कतिले आफूलाई ओलीको विश्वासपात्र बनाउने अभियान नै सुरु गरिसकेका छन् । आफ्नो विचार र उद्देश्यमा अडिग रहने नेताहरुको भविष्य र पदिय हैसियत अबको महाधिवेसनपछि कमजोर बन्ने पक्का छ । त्यही कारण माधव नेपालको साथ छाडेको प्रति कतिपय नेताले पछुतो समेत गरिरहेको छन् ।
नेपालको साथ छाडेका नेताहरुसँग अहिले पार्टीमा खुट्टा जमाउने दह्रो सहाराको खाँचो छ । उनी एकढिक्का रहेपनि ओलीलाई कमजोर बनाउन सक्ने अवस्था छैनन् । साथै आगामी महाधिवेसनबाट आफू अनुकुलको पदिय दायित्व पाउन सक्ने अवस्था पनि छैन । तेस्रो धारका भनिएका सबै नेता एक स्थानमा उभिएर १० बुँदे सहमति कार्यान्वयनका लागि जति गुहार मागे पनि ओलीले उनीहरुको बोली एउटा कानबाट सुनेर अर्कोबाट उडाइ दिने अवस्था छ । एमालेका कार्यकर्ता माझ पनि कमजोर रहेका तेस्रो धारका नेताबाट ओली ठूलो सहयोग आशा पनि गरेका छैनन् ।
नेकपा एकीकृत समाजवादी गठन हुँदा सुदुर पश्चिम प्रदेश सभाका बहुमत सांसदले एमाले परित्याग गरेको कारण पनि ओलीले रावलमाथि विश्वास गर्न सक्ने अवस्था छैन । आफ्नै प्रदेशमा कमजोर बनेका रावललाई विश्वास गरेर आगामी चुनाव लड्दा नोक्सानी व्यहोर्नु पर्ने आंकलन समेत ओलीको छ । त्यही कारण उनी कुनै पनि अवस्थामा रावललाई पुरानो हैसियतमा फर्काउन चाहँदैनन् । यस्तो अवस्थामा रावलसहित उनलाई साथ दिने नेताहरुलाई अझै एमालेभित्र रहेर अस्तित्वको लडाइँ लड्ने कि समयसँगै पार्टीबाट बहिर्गमनको बाटो रोज्ने भन्ने द्धिविधा उत्पन्न भएको छ । उनीहरुले पार्टी परित्याग गरेपनि त्यसलाई ओलीले हाँसेर स्विकार गर्ने व्यवहार अहिले प्रस्तुत गरिरहेका छन् । कुनै पनि अवस्थामा १० बुँदे सहमतिको कार्यान्वयन नगर्ने ओलीको बोलीले तेस्रो धारका भनिने नेताहरुको निन्द्रा भने उडाइ रहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #१० बुँदे, #केपी शर्मा ओली
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्