वल्र्ड लिडर समिटमा भाग लिन शुक्रबार प्रधानमन्त्री देउवा स्कटल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धि वल्र्ड लिडर समिटमा सहभागि हुन शुक्रबार जम्बो टोली लिएर स्कटल्याण्ड जाँदै छन् । नेपालले सम्मेलनमा सहभागीता जनाउँदा नेपाल जस्तो मुलुकले उठाउनु पर्ने मुद्दामा व्यापक तयारीको खाँचो पनि देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका साथ विज्ञ तथा सरकारी कर्मचारी गरि करिब ३५ जनाको टोली स्कटल्याण्ड जाँदैछ । जलवायु परिवर्तन सम्बन्धी वल्र्ड लिडर समिटमा विश्वका शक्तिशाली मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुको पनि सहभागिता रहने छ ।
२०१५ को पेरीस सम्झौतामा २०२० देखि नै पृथ्वीको तापक्रम १ प्रतिशतले वृद्धि हुनबाट रोक्ने लक्ष्य राखिएको थियो । पृथ्वीको तापक्रम हरेक सताब्दिमा २ प्रतिशतले वृद्धि हुदै आएको २५ औँ सिओपि बैठकको निश्कर्ष थियो । तर शक्तिशाली मुलुकको हेपाहा प्रवृतिका कारण हालसम्म पनि त्यो लक्ष्य प्राप्त गर्न सकिएको छैन । यता नेपाल जस्तो अति नगण्य मात्रामा कार्बन उत्सर्जन गर्ने मुलुकमा समेत वर्षेनी तापक्रम बढेर प्राकृतिक प्रकोप र हिउँको सतह नै घट्न थाल्नु चिन्ताको विषय बनेको छ ।
विकसित मुलुकबाट उत्पादन हुने हरित ग्याँसले पारेको प्रधाव न्युनीकरण गर्न नेपाल जस्तो मुलुकलाई क्षतिपूर्ति दिने पेरिस सम्झौता समेत अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । विश्वमा कार्वन उत्सर्जन गर्ने प्रमुख ३ मुलुकमा मध्ये पहिलोमा चीन र दोस्रोमा भारत पर्छन् । यसको प्रत्यक्ष असर नेपालले व्यहोदैृ आएको छ । विश्व स्वास्थ संगठनका अनुसार नेपालमा हरेक वर्ष २४ हजार मानिसको मृत्यु वायु प्रदुषकका कारण हुने गर्छ । त्यो मृत्युको कारण नेपालबाट उत्पादित प्रदुषण नभएर छिमेकबाट आएको दुषित हावा हो । यस्ता विषयमा नेपालले यस्ता सम्मेलनमार्फत आफ्ना समस्या जोडका साथ विश्व मंचमा उठाउनु सकनु पर्छ ।
नेपालका हिमालमा विकसित मुलुकले पु¥याएको क्षतिलाई जोडेर मुद्दा उठाउनु पर्ने प्रविधि तथा वातावरणविद् डा.निमानन्द रिसालको भनाई छ । विश्वमा वढ्दो हरित ग्यासका कारण नेपाल जस्तो तेस्रो मुलुकलाई निकै प्रभाव पारेको वातावरण विद्हरुको दाबी छ । नेपालले हालसम्म जलवायु सम्बन्धी विश्व सम्मेलनका लागि खासै तयारी भने गरेको छैन । सरकारी निकायहरु नेपालले राम्रै तयारी गरी रहेको दाबी गर्न चुक्दैनन् । हरेक सम्मेलनमा फिलिपिन्सले आफ्नो देशमा आउने सुनामिका बारेमा आवाज उठाउँदै आएको छ ।
यसबाट नेपाललले पनि केहि सिकेर हिमाली क्षेत्रका विषयमा आबाज उठाउनु पर्ने पुर्व मन्त्री गणेश शाहको भनाई छ । यहि किसिमले पृथ्वीको जलवायु परिवर्तन भइरह्यो भने नेपालसहित सारा विश्व कुनै दिन मरभुमिमा परिर्णत हुने वातावरणविद्हरुको चिन्ता छ । साथै उनीहरुले नेपालले क्षतिपुर्तिका लागि पनि दरिलो आवाज उठाउनु पर्ने माग उठाएका छन् । साथै विकसित मुलुकका अगाडि कार्वन उत्सर्जन कम गर्न दबाब दिन पनि नेपाल जस्तो मुलुक सक्षम हुनु पर्नेछ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जलवायु परिवर्तन, #प्रधानमन्त्री शेरबहादुर देउवा, #वल्र्ड लिडर समिट
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्