Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

स्कटल्याण्डको राजधानी ग्लास्गो पुग्दै प्रधानमन्त्री देउवा, के के बिषय उठाउला नेपालले ?


काठमाडौं । स्कटल्याण्डको राजधानी ग्लास्गोमा असोज १४ देखि २६ गतेसम्म संचालन हुने जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिका पक्ष रहेका राष्ट्रहरुको २६ औं सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा पुग्दैछन् । नेपालले कोेप २६ मा ३ वटा मुख्य दस्तावेज प्रस्तुत गर्नेछ । नेपालले पर्वतीय क्षेत्र, त्यहाँको जनजीविकामा जलवायु परिवर्तनको असरका साथै हानी र नोक्सानीलाई थप कार्यक्रम ल्याएरबाट सम्बोधन गर्नुपर्ने माग उठाउनेछ ।

नेपालले यहाँको पर्वतीय क्षेत्र, जनजीविकामा जलवायु परिवर्तनको असर, हानी र नोक्सानीलाई सहभागीको अनुकूलभन्दा पनि थप अलग्गै कार्यक्रमबाट सम्बोधन गर्नुपर्ने विषयमा जोड दिइनेछ । यो मुद्दामा सुदृढ र दिगो वित्तीय व्यवस्था सुनिश्चितताका लागि विश्व समुदायको ध्यान आकृष्ट गर्ने प्रयास गर्ने वन तथा वातावरण मन्त्रालयले तयारी गरेको छ । मन्त्रिपरिषद्ले पारित गरेको नीतिगत दस्तावेज र कार्ययोजनालाई अन्तर्राष्ट्रिय समुदायसँग समन्वय, सहकार्य र सीपको आदान प्रदानका लागि उच्च प्राथमिकताका साथ प्रस्तुत गरिने मन्त्रालयले जनाएको छ ।

‘राष्ट्रिय अनुकुलन योजना २०२१ देखि २०५०’ बारे पनि सम्मेलनमा नेपालले जानकारी गराउनेछ । यो योजनामा नेपालको राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ ले पहिल्याएका ८ वटा विषयगत र ४ वटा अन्तर विषयगत क्षेत्रमा गरी कुल ६४ वटा प्राथमिकता प्राप्त अनुकूलनका कार्यक्रमहरु तय गरिएका छन् । कोप सम्मेलनमा सहभागिता जनाइसकेका पुर्व वतावरण मन्त्री गणेश साहले प्रधानमन्त्री देउवालाई आर्थिक सहयोग मात्रै नभएर प्रविधिक तथा सहकार्यको लागि अपिल गर्न आग्रह गरेका छन् । त्यसैगरी नेपालको ‘हानी नोक्सानीसम्बन्धी राष्ट्रिय कार्याढाँचा’ बारे पनि सम्मेलनमा जानकारी गराइनेछ ।

जलवायु परिवर्तनका कारण संकट र जोखिममा परेका प्राकृतिक, सामाजिक र आर्थिक क्षेत्रहरु र सेवा प्रदायकहरुको अनुकूलन क्षमता र उत्थानका लागि यो ढाँचा तयार गरिएको हो । नेपालले पारित गरेको ‘खुद शून्य उत्सर्जनमा नेपालको दीर्घकालीन रणनीति’ बारे पनि सम्मेलनमा छलफल हुनेछ । जलवायु परिवगर्तनका कारण विकासमा प्रभाव परेको र जलवायु परिवर्तनबाट भएको विनास र क्षति न्युनीकरण नेपालको क्षमताभन्दा बाहिर रहेका कुरा विकसित देश समक्ष राख्नु पर्ने वातावरण विद् अजय मणि दिक्षितको सुझाब छ ।

सम्मेलनका दौरान आयोजना हुने विभिन्न कार्यक्रम तथा प्रदर्शनीमा समेत प्रधानमन्त्री देउवाले सहभागिता जनाउने छन् । यस वाहेक जलवायु परिवर्तनका कारण नेपालमा आर्थिक, सामाजिक क्षेत्रमा हुनसक्ने गिरावट र बढ्दो स्वास्थ्य समस्याका कारण भविष्यमा आउन सक्ने संकट बारे पनि सम्मेलनमार्फत विश्व समुदायको ध्यानाकर्षण गराउने नेपालको तयारी छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जलवायु परिवर्तन, #प्रधानमन्त्री शेरबहादुर देउवा

तपाईको कमेन्ट लेख्नुहोस्