प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेट, दुई देशबीच बहुआयामिक पक्षमा छलफल

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा भाग लिन स्कटल्यान्डमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्धिपक्षीय भेटवार्ता भएको छ । नेपालले लिपुकलेक, लिम्पयाधुरा र कालापानीसहित प्रशासनिक तथा राजनीतिक नक्सा जारी गरेपछि नेपाल र भारतका प्रधानमन्त्री बीच भेट भएको यो नै पहिलो अवसर हो । त्यसयता दुई देश बीचको सम्बन्धमा व्याप्त असमझारी कम गर्न यो भेटले सहयोग गर्ने अपेक्षा समेत गरिएको छ । जलवायु परिवर्तनसम्बन्धी २६ औँ विश्व सम्मेलन कोप–२६ मा सहभागी नेताहरुको शिखर बैठकको क्रममा मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको हो । तयो भेटमा आफूहरुबीच हिमालय क्षेत्रको दिगो विकास र सहकार्यबारे छलफल भएको प्रधानमन्त्री देउवाले ट्विट गरेका छन् ।
नेपाल र भारत दुई देशबीच खुला सिमाना तथा ऐतिहासिक र सांस्कृतिक सम्बन्ध रहँदै आए पनि पछिल्लो समयमा नेपाल र भारत दुवैले लिपुलेक, लिम्पियाधुरा तथा कालापानीसहितको प्रशासनिक तथा राजनीतिक नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपना आएको छ । चीसँगको त्रिदेशीय सीमाना रहेको त्यो क्षेत्र भारतका लागि समारिक दृष्टिकोणबाट अति महत्वपूर्ण रहेको छ । तर, प्रमाणित नक्साका आधारमा त्यो क्षेत्र नेपालको हो । कुनै हालतमा त्यो क्षेत्र नछाड्ने मनस्थितिमा पुगेको भारतले नेपाली भूभागबाटै चीनसँग जोड्ने सडक समेत निर्माण गरि सकेको छ ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले त्यो सडकको उद्घाटन गरेसँगै यो विवाद उत्कर्षमा पुगेको थियो । त्यसमाथि सुस्ता लगायत विभिन्न स्थानमा समेत भारतले नेपाली भुभाग मिचेकोप्रति गुनासो गर्दै आएको छ । दुई देशका प्रधानमन्त्री बीच सुरु भएको वार्ताको क्रमलाई निरन्तरता दिएर विवादित विषयहरु टुंगाउनु पर्ने परराष्ट्र मामिलाका जानकारहरुको धारणा छ । नेपालको गुनासोलाई भारत सधैँ नसुने जस्तो गर्छ । दुई देशका मन्त्री तथा उच्च पदस्थ अधिकारीहरुको बैठकमा विवादित विषय आपसी समझदारीका आधारमा टुंग्याउने सहमति गरिन्छ तर, विवाद समाधानका लागि कुनै कार्य हुने गरेको छैन ।
भारतीय पक्षबाट भउका ज्यादतीका विषयमा नेपालले बेला बेलामा कुटनीतिक नोट पठाउने गरे पनि भारतले त्यसलाई पूर्णरुपमा नजरअन्दाज समेत गर्दै आएको छ । नेपालले आफूलाई भारत समक्ष सार्वभौमसत्ता सम्पन्न मुलुकका रुपमा पहिचान दिलाउन बलियो पराष्ट्र नीति अंगालन नसकेको कारण पनि दुइृ देश बीच बेला बेलामा समस्या आउने गरेको छ । यसलाई परराष्ट्रविद्हरु नेपालको कुटनिितमा रहेको कमजोरीका रुपमा व्याख्या गर्छन् ।
नेपालको पूर्वदेखि पश्चिमसम्म १८ सय किलोमिटर भूभाग भारतसँग सीमाना जोडिएको छ । प्रधानमन्त्री देउवा र मोदीबीच ४ वर्ष पछि भएको भेटले थाँती रहेका यस्ता विवाद सुल्झाएर नेपाल भारत सम्बन्धलाई नयाँ आयाम दिने प्रयास सुरु भएको विश्वास गरिएको छ । अब निकट भविष्यमा नै देउवाले गर्ने भारत भ्रमणमा यो विषयलाई एजेन्डाका रुपमा प्रवेस गराउनु पर्ने देखिन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री शेरबहादुर देउवा, #भारतीय समकक्षी नरेन्द्र मोदी
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्