बैंकरहरुमा अनुशासन नहुँदा बजारमा तरलता अभाव

काठमाडौं । बैंकरहरुमा अनुशासन नहुँदा बजारमा तरलता अभाव बढेको नियामक नेपाल राष्ट्र बैंकको आरोप छ । निजी क्षेत्रमा कर्जाको वृद्धिदर बढ्दा तरलतामा चाप परेको भन्दै संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न केन्द्रीय बैंकले बेंकरहरुलाई आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स रकम सोचेअनुसार नआएको, आयात बढेर बाह्य क्षेत्रमा दबाब परेको र सरकारले खर्च नगर्दा बजारमा तरलतामा चाप परेको जनाएको छ । आयात बढ्दा मुद्रा सञ्चितिमा चाप परेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
तथ्याँकले समग्र अर्थतन्त्रमा चुनौती रहेको जनाइरहेको बेला केन्द्रीय बैंकले बैंकरहरुमा अनुशासन नभएको र संयमता अपनाउन नसक्दा बजारमा तरलता अभाव बढेको जनाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्नसमेत बैंकहरुलाई आग्रह गरेका छन् । आर्थिक वर्षको शुरुका महिनामा नै निजी क्षेत्रतर्फको कर्जाको वृद्धिदर केही बढी रहँदा तरलतामा चाप पर्न गएको अधिकारीको भनाइ छ । बैंकहरुले बदमासी गरे त्यसलाई कडा नियमन गर्नैपर्ने बाध्यता आउने र त्यस्तो अवस्था आउन नदिन सचेत गराएको छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले अल्पकालमा असाधारण नाफाको अपेक्षा गर्नुभन्दा दीर्घकालीन रूपमा सबल रहने सोच राख्नुपर्ने आवश्यकता औल्याएको छ । यता अर्थविद्हरुले बैकिङ क्षेत्र सुधार र गुणस्तरको काम कहिले पनि नसकिने बताएका छन् । साथै राष्ट्र बैंकको बोर्डमा सरकारी हस्तक्षेप हुने गरेको भन्दै त्यसलाई पुनरावलोकन गर्न उनीहरुको माग छ । यता बैंकरहरुले सबै मिलेर बैंकिङ क्षेत्रमा देखिएका समस्या समाधानका लागि तयार रहेको प्रतिक्रिया दिएका छन् । राष्ट्र बैंकले घुमाई फिराइ विविध प्रकारका शुल्कको बाध्यात्मक अवस्था सृजना गर्नु न्यायोचित नभएको भन्दै कर्जा प्रवाह उत्पादनशिल बनाउन र रोजगारी सृजना गर्ने क्षेत्रमा हुनपर्ने गरी अर्थतन्त्रको वृद्धिमा सहयोग पुर्याउन बैंकरहरुलाई भनेको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #तरलता अभाव
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्