Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

एमालेमा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने कसरत, रावल र भुषाल टक्कर दिने सोचमा

तल्ला तहका पदाधिकारीमा झनै रस्साकस्सी


काठमाडौं । एक सातापछि सुरु हुन लागेको नेकपा एमालेको १० औं महाधिबेशनका लागि प्रतिनिधि चयनको प्रक्रिया अन्तिम चरणमा पुगेसँगै उमेद्वार बन्नेहरुको दौडधुप सुरु भएको छ । केपी शर्मा ओलीलाई फेरि सर्वसम्मत अध्यक्ष बन्दै छन्, उनलाई चुनौती दिन सक्ने अरु कोही प्रतिपर्धी नदखिएको, उनी निकट नेताहरु बोल्दै हिँड्दै छन् । तर, उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले ओलीलाई टक्कर दिने दाबी गरिरहँदा तल्लो पदमा समेत आकांक्षीको संख्या निकै देखिएको छ ।

एमालेमा केपी शर्मा ओलीलाई टक्कर दिने कोही नेता नभएको भन्दै उनी निकट नेताहरुले महाधिबेशनको मिति नजिकिदै जाँदा प्रचारबाजी गरिरहेका छन् । उनीहरुको भनाई अनुसार, चौतर्फी रुपमा अध्यक्ष ओलीलाई घेराबन्दीमा पारिएको बेला सर्वसम्मत नेतृत्व छान्नु पर्ने दायित्व नेता कार्यकर्ताको छ । त्यहि लविङमा ओली पक्षीय नेताहरुले एउटै भाका बोल्न थालेका हुन् । तर, दशौं महाधिबेशनमा ओलीलाई टक्कर दिन उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुषालले तयारी गरिरहेका छन् । भुषालले प्रष्ट नभनेपनि रावलले भने गृहजिल्ला अछाम पुगेर आफू अध्यक्षको उमेद्धवार भएको बताएका छन् । तर, ओली पक्षीय नेताहरुले भने रावल ओलीको विकल्प हुन नसक्ने बताउँछन् ।

अहिलेसम्म अध्यक्षमा ओलीलाई नै दोहोर्याउने भनिरहेपनि महाधिबेशनमा रावल र भुषालमध्ये एक जनाले उमेद्वार दिने देखिन्छ । अध्यक्ष मात्रै होइन एमालेमा तल्लो तहको पदमा समेत सर्वसम्मत टुङग्याउने ओलीको चाहना छ । एमालेमा अध्यक्षपछिका महत्वपूर्ण पदमा धेरै आकांक्षी छन् । तर, उनीहरु उमेद्वार बन्ने भन्दापनि ओलीको चाहनाले त्यो पदमा पुग्न चाहन्छन् । जसका कारण खुलेरै प्रचार गर्न सकेका छैनन् । १४ केन्द्रीय पदाधिकारी पदमा को–को नेता आउने हुन् भन्ने चासो एमाले वृत्तमा बढ्दै छ ।

यो महाधिवेशनमा केन्द्रीय पदाधिकारीको आकांक्षा राख्ने धेरैजसो नेताहरु यसअघिको महाधिवेशनमार्फत नै पदाधिकारी भैसकेका छन् । र, उनीहरुले अहिलेको पदभन्दा माथिल्लो पदको आकांक्षा राख्नु स्वभाविक पनि हो । त्यतिमात्रै नभएर, अन्य पार्टीबाट आएका नेताहरुलाई समेत व्यवस्थापन गर्नुपर्ने र पार्टीमा लामो समय काम गरेकालाई पनि अवसर दिनुपर्ने बाध्यता अध्यक्ष ओलीको छ । यस्तो अवस्थामा १५ पदाधिकारीका लागि झण्डै दोव्वरको संख्यामा आकांक्षीहरु मैदानमा देखिएका छन् ।

अध्यक्ष, महासचिव एक–एक जना रहने भए–पनि पाँच उपाध्यक्षको व्यवस्थालाई केही परिवर्तन गरेर वरिष्ठ उपाध्यक्ष एकसहित अन्य चार उपाध्यक्षको व्यवस्था गरिएको छ भने महासचिव र उपमहासचिव एक–एक तथा ७ सचिव रहने व्यवस्था गरिएको छ । तर, यी पदमा धेरै आकांक्षी हुँदा निर्वाचन गर्नेपर्ने बाध्यतामा एमालेमा देखिन्छ ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #केपी शर्मा ओलीलाई फेरि सर्वसम्मत, #नेकपा एमाले

तपाईको कमेन्ट लेख्नुहोस्