Techie IT
  • २ माघ २०८१, बुधबार
KhojPatrika

एमालेमा महाधिवेशनमा १२ गते बिहान ८ बजेदेखि मतदान, ओलीको मुख ताक्दै पदाधिकारीका आकांक्षी

ओलीको आक्रोश प्रचण्ड र माधव नेपालमाथि


काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सवै उम्मेदवारको मनोनयन मंसिर ११ गते हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने कार्यतालिका अनुमोदन गरिएको हो । त्यस्तै एमालेका महाधिवेशन प्रतिनिधि बढाएर दुई हजार २ सय ७९ जना पुर्याइएको छ । पदेन प्रतिनिधि २ सय ३८, निर्वाचित प्रतिनिधि १ हजार ८ सय ७९ निर्वाचित भैसकेको भन्दै महोत्तरी, रौतहट र भुपु सैनिकबाट आउन बाँकी ६८ जना रहेको प्रचार बिभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधिमा उत्पीडित दलिततर्फका १ सय ९५ र त्यसमा ६२ जना महिला रहेका छन् । अहिलेसम्म कुल महिला प्रतिनिधि ५ सय ७६ छन् । त्यसमा मनोनित र चयन हुन बाँकी ६८ जनाबाट पनि दलित र महिला सदस्य अझै थपिने भट्टराईले जानकारी दिए । त्यस्तै बैठकले दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । जसमा अध्यक्ष केपी ओली,उपाध्यक्ष,युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल रहेका छन् ।

त्यस्तै महासचिव ईश्वर पोखरेल,स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, सुवास नेम्वाङ,टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा तथा केन्द्रीय सदस्यबाट लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् । त्यस्तै महाधिवेशनको माइन्युट बनाउन सात सदस्यीय माइन्युट मण्डल पनि मंगलबारको बैठकले गठन गरेको छ ।
ओलीको आक्रोश प्रचण्ड र माधव नेपालमाथि
नेकपा एमालेको १० औं महाधिवेसनको पुर्वसन्ध्यामा अहिलेसम्म पदाधिकारीका लागि एकाध नेता बाहेक कसैले उम्मेदवारी घोषणा गरेका छैनन् । यद्यपी अध्यक्षमा भिम रावल, उपाध्यक्ष सुबास नेम्बाङ र सचिवमा महेश बस्नेतले लड्ने घोषणा गरिसकेका छन् । उता अध्यक्षमा सर्वसम्मत रुपमा दोहोरिन चाहेका केपी शर्मा ओलीले भने अहिलेसम्म कुनै निर्णय नगरेको दाबी गरे ।

अब हुने आम चुनावपछी फेरी एमालेले सरकार बनाउने दाबी गर्दै ओलीले माधव नेपाल चोइटिएर गए पनि एमालेमा नेता नघटेको दाबी गरेका छन् । उनले केही ब्यक्ती पार्टीबाट अलग भएपनी त्यो भन्दा ठुलो संख्यामा अहिले पार्टी प्रवेश गर्नेको लर्को लागेको पनि दाबी गरे । अध्यक्ष ओलीले १० औं महाधिवेशनबाट नेतृत्व चयनमा सहमतिका लागि कसैसँग आग्रह नगर्ने बताएका छन् । मिलेर जानु राम्रो भएको, तर आफूले सहमतिका लागि आग्रह गर्दा दबाव दिएको देखिने हुँदा केही नबोल्ने बताए ।

पृष्ठभूमि जे भए पनि अहिले एमालेमा एउटै पक्ष मात्र रहेको ओलीको दाबी छ । त्यस्तै न्यायालयको संकटको बिषयमा बोल्दै ओलीले अहिले सर्वोच्च अदालतमा भइरहेका घटना दुःखद् भएको बताएका छन । साथै समस्याको समाधान प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणाको राजीनामा मात्र नभएको बताउँदै उनले अन्य न्यायाधीशमाथि पनि प्रश्न उठेकाले सबैले राजीनामा दिनुपर्ने बताए । नेकपा एमालेले मङ्सिर १० देखी १२ गतेसम्म चितवनमा दशौ महादिवेसन गर्ने तयारी गरेको छ । यसअघि नै विधान महाधिवेसन गरिसकेको एमालेले यस पटक नयाँ नेतृत्व मात्रै चयन गर्नेछ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्