राजसंस्था र हिन्दुराष्ट्र बनाउन राप्रपामा राजेन्द्र लिङ्देनको अध्यक्षमा उमेद्वारी,अध्यक्षत्रयलाई चुनौति
धवलशमशेर राणाको साथ

काठमाडौं । मंसिर १५ देखि १७ गतेसम्म हुन लागेको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिबेशनमा रोचक भिडन्त हुने भएको छ । अहिलेका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनी नै अध्यक्षको दाबेदार रहेका बेला नेता राजेन्द्र लिङ्देनले उमेद्वारी घोषणा गरेपछि राप्रपामा कडा प्रतिष्पर्धा हुने देखिन्छ । नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको मुद्धा उठाउदै आएको राप्रपालाई पनि महाधिबेशनको चटारो लागेको छ । फुट्दै र जुट्दैको उपमा पाएको राप्रपामा एकले अर्काको अस्तीत्व स्विकार्न नसक्ने भएपनि नेता तथा कार्यकर्ताको दवावपछि फेरि जुटेको राप्रपाको नेतृत्व कसले हत्याउला भन्ने चासो समेत बढेको छ ।
यतिबेला राप्रपामा कमल थापा, पशुपति शमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनी अध्यक्ष छन् । फेरि पनि उनै तीनै जना नेतृत्व लिन उमेद्वार बन्ने कसरतमा रहँदा नेता राजेन्द्र लिङ्देनले अध्यक्षमा उमेद्वारी दिने घोषणा गरेका छन् । लिङ्देनलाई साथ दिदै महामन्त्रीको उमेद्वार बनेका छन् नेपालगञ्ज उपमहानगरका मेयर धवलशमशेर राणा । पाका नेताहरुले नेतृत्व छाड्न नसक्दा राप्रपा झनै कमजोर भएको भन्दै लिङ्देनले आफूले कार्यकर्ताको भावना अनुसार उमेद्वारी घोषणा गरेको बताएका छन् ।
चार जना नै राप्रपामा उमेद्वार बन्ने भएपछि रोचक भिडन्त हुने देखिएको छ । तत्कालिन पञ्चायती व्यवस्था मै नेता बनेका राणा, लोहनी र थापामध्ये एकलाई राप्रपाको भावी अध्यक्षका रुपमा हेरिएको थियो । तर, लिङ्देनले ती तीनै जना पाका नेतालाई कडा चुनौती दिने गरी तयारी गरिरहेका छन् । प्रतिनिधि सभामा राप्रपाको एक मात्र प्रतिनिधिका रुपमा त्यो दलको साख बचाइ रहेका छन् । केही समयदेखि अध्यक्षमा दाबी गरिरहेका राणाको सहयोगले लिङ्देनलाई आफ्ना अग्रजको टक्करमा उभ्याएको छ ।
जनाधार समेत भएका दुई लोकप्रिय युवा नेताको सहकार्यले राप्रपाको भावी अध्यक्ष को बन्छ भनेर आंकलन गर्न समेत कठिन छ । कुनै समय कमल थापाको नजिक रहेका लिङ्देन र राणा अहिले उनकै विरुद्धमा मैदानमा उत्रिएका छन् । नेतृत्वका लागि भइरहेको रोचक खेलमा अहिलेसम्म पशुपति समसेर राणाले भने आफूलाई खुलाएका छैनन् । कतिपयले लिङ्देनको उम्मेदवारीपछि राणा अध्यक्षको लडाईँबाट बाहिर निस्कने अनुमान समेत गर्छन् । तर, राप्रपाभित्रका केही नेताहरु राणाले थापालाई सहयोग गर्ने दाबी समेत गर्छन् भने केही लिङ्देनलाई । तर, अहिलेसम्म भावी नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने सम्भावना बलियो छ ।
उता अध्यक्षका अर्का दाबेदार डा. लोहनी भने कुनै पनि अवस्थामा आफू पछाडि नहट्ने बताइरहेका छन् । तर, राप्रपा भित्र उनलाई कमजोर प्रतिद्धन्दिका रुपमा व्याख्या पनि गरिने गरेको छ । राप्रपामा अहिले केन्द्रिय प्रतिनिधि छनौटका लागि चुनाव भइरहेको छ । बिहिबारसम्म चल्ने यो प्रक्रियापछि चुनिएर आउने प्रतिनिधिका आधारमा राप्रपाको आगामी अध्यक्ष को बन्छ र पार्टीभित्र चुनावी समीकरण कस्तो बन्छ भन्ने स्पष्ट हुनेछ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेता राजेन्द्र लिङ्देन, #राष्ट्रिय प्रजातन्त्र पार्टी
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्