राजसंस्था र हिन्दु राष्ट्र राप्रपाको महाधिवेशन एजेण्डा, कमल थापा र राजेन्द्र लिङ्देनको भिडन्त

काठमाडौं । पटक–पटक फुट्दै–जुट्दै आएको पूर्व पन्चहरुको राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले एकता महाधिवेशनमा जुटेको छ । २०७६ फागुन २६ गते एकीकरण भएर तीन जना अध्यक्षका साथ अगाडि बढेको राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबारबाट काठमाडौंमा एकताको महाधिवेशन शुरु भएको हो । पार्टी स्थापनाको तीन दशकको यसअवधिमा पूर्वपञ्चहरू पटक पटक फूटेर पुनः एक ठाउँमा जुटेर एकता महाधिवेशनसम्म आइपुगेका हुन् । यसमहाधिवेशनमा नेता, प्रकाशचन्द्र लोहनीको साथ अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनलाई छ ।
डा लोहनीले महाधिवेशन उद्घाटनका अवसरमा संविधान बने पनि त्यसको सही कार्यान्वयन नभएको र विकासका लागि अहिलेसम्म राजनीति हुन नसकेको प्रस्ट पारे । अर्का नेता पशुपति समशेर जवराले भने सकेसम्म सर्वसम्मत हुनुपर्ने भन्दै कुनै पक्ष नलाग्ने पत्रकार सम्मेलनमार्फत घोषणा गरेका छन् । उनले एकताको यो महाधिवेशनले राप्रपालाई देशको बलियो शक्ति बनाउनुपर्ने आवश्यकता औंल्याए । २०४७ साल जेठ १५ गते राप्रपा गठन गरेर राप्रपाले पहिलो महाधिवेशन २०४९ सालमा काठमाडौंमा गरेको थियो ।
दास्रोे महाधिवेशन २०५५ सालमा वीरगञ्ज गर्यो भने पोखरामा २०६० सालमा भएको तेस्रो महाधिवेशनले पशुपति समशेर जवरा अध्यक्ष भए । यसबिचमा राप्रपा फूटेर तीन वटा पार्टी बनेका थिए । तीन वटा राष्ट्रिय प्रजातन्त्र पार्टी २०७६ फागुनमा कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहानी तीन जना नै अध्यक्ष हुँदै एकैदलमा परिण भएको हो । महाधिवेशन उद्घाटन समारोहमा बोल्दै, अध्यक्ष कमल थापाले राप्रपा परिवर्तनको विरोधी नभएको प्रस्ट पारे । यो एकता महाधिवेशन राप्रपाको चौथो महाधिवेशन हो । एकता महाधिवेशन भनिए पनि राप्रपामा एकताको भावभने यसपालि पनि देखिएको छैन ।
बुधबारबाट सुरू भएको महाधिवेशनमा राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले प्रतिस्पर्धा गर्ने भएका छन् । थापा र लिङ्देनका पक्षमा राप्रपाका पुराना नेताहरु बाँडिएका छन् । प्रभावको हिसाबले थापा बलिया देखिए पनि युवापुस्तालाई साथमा लिएर हिँडेका लिङ्देनले चुनौती दिएका छन् । राप्रपाको टुटफुट जे भए पनि वैचारिक–सैद्धान्तिक लाइन भने हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र नै हो । उद्घाटन समारोहमा बोल्दै, महामन्त्री लिङदेनले युवाहरुलाई समेटेर राप्रपाको संगठन बलियो र विश्वासिलो बनाउने दाबी गरे ।
महाधिवेशनमा गाउँ, नगर, जिल्ला, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभाको निवार्चन क्षेत्रबाट चार हजार पाँच सय ६० प्रतिनिधि सहभागी छन् । महाधिवेशनले एक अध्यक्ष, एक महिलासहित तीन जना उपाध्यक्ष, एक महिलासहित तीन जना महामन्त्रीसमेत गरी एक सय ४९ सदस्यीय केन्द्रीय कार्यसमितिका पदाधिकारीदेखि सदस्यसम्म चुन्ने छ । एक सय ९९ केन्द्रीय कार्यसमिति हुनेमा ५० जना सदस्य अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था छ । केन्द्रीय कार्यसमितिमा दुई जना महिला पदाधिकारी सहित ३३ प्रतिशत अर्थात ४९ जना महिलाको प्रतिनिधित्व अनिवार्य हुने राप्रपाको विधानले व्यवस्था गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पूर्व पन्चहरु, #राष्ट्रिय प्रजातन्त्र पार्टी
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्