कांग्रेसमा गुटमै कुरा मिलाउन गाह्रो, एकसाता बाँकी रहँदा समेत देउवा,पौडेल अन्योलमा

काठमाडौं । अहिले संस्थापन पक्षबाट तीन र संस्थापन इत्तर पक्षबाट ४ जनाले सभापतिमा दाबी गरेका छन् । संस्थापनबाट सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ दौडमा छन् । संस्थापन इतर पक्षबाट बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पुर्वमहामन्त्री प्रकाशनमान सिंह, नेता शेखर कोइराला सभापतिका मुख्य दाबेदार हुन् । महाधिवेशनका लागि एक सातामात्रै बाँकी रहँदा समेत सभापतिका आकांक्षीले आफ्नो प्यानल बनाउन सकेका छैनन् । देउवा फेरि दोस्रो पटक सभापति बन्न चाहन्छन् । देउवालाई सभापति बनाउने मुख्य सारथीदेखि सभापतिका प्रस्तावक र समर्थक नै अहिले उनको साथ छैनन् । प्रस्तावक खुमबहादुर खड्काको निधन भइसकेको छ भने पुराना नेता कुलबहादुर गुरुङ उनको साथ छैनन् ।
१३ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार बनेका अर्जुननरसिंह केसी संस्थापन इतरका नेताहरुलाई मिलाएर देउवाविरुद्ध साझा उम्मेदवार बनाउने कसरत गरिरहेका छन् । देउवाका विश्वासपात्र उपसभापति विमलेन्द्र निधि आफै सभापतिको दौडमा अघि बढिसकेका छन । उनले अलग समूह समेत बनाइसकेका छन् । दुई दशकभन्दा बढी समय गुटगत अभ्यासमा जमेका देउवाको केन्द्रदेखि जिल्ला तहसम्म बलियो गुट छ । १३ औँ महाधिवेशनपछि पार्टी एकता गरेर काँग्रेसमा मिसिएका नयाँ नेता कार्यकर्ताको पंक्ति देउवासंग छ । तर पनि त्यत्तिले जित्न सक्ने अवस्था छैन । देउवाले जित सुनिश्चित गर्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई आफ्नो टिममा ल्याउने कसरत गरिरहेका छन ।
उता आफूलाई सहयोग गरेको खण्डमा पौडेललाई राष्ट्रपति बनाउने गोटी समेत देउवाले फालिरहेका छन् । देउवाले सहयोग गरे महामन्त्री शशांक कोइराला र प्रकाशमान सिंहलाई समेत कार्यवाहक सभापति दिन्छु भनिसकेका छन् । ती तीन जनामध्ये कुनै एकलाई आफूतिर तान्न सके चुनाव जित्न सहज हुने बुझाइ देउवाको छ । उता देउवासंग शसक्त प्रतिवादका लागी एकमात्र उम्मेदवार बनाउनुपर्ने दवाव पौडेल खेमामा छ ।
रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशनमान सिंह, शेखर कोइराला, चारै जनाले एक अर्कालाई स्विकार्ने अवस्था देखिएको छैन । ती तीन जनाले समेत पौडेललाई राष्ट्रपतिको लोभ देखाएका छन् । तर पौडेलले भने तीनै तहका निर्वाचनपछि दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने वचन दिएका छन् । सभापति र प्रधानमन्त्रीमा बाँडफाँट गरेर साझा उम्मेदवार तय गर्ने प्रयास सिंह र कोइरालाले गरिरहेका छन । संस्थापन पक्षबाट देउवा र निधिको उम्मेदवारी पक्का जस्तै छ ।
पौडेल समूहमा पनि दुईजना उम्मेदवार बन्ने निश्चित देखिन्छ । यदि दुबै पक्षबाट एकएक जना उम्मेदार बन्न नसकेको खण्डमा देउवा,निधि, कोइराला र सिंह ४ जना विच भिडन्त हुने सम्भावना छ । १४ औँ महाधिवेशनमा सभापति चयनको प्रक्रिया दोस्रो चरणमा प्रवेश गर्ने पक्का जस्तै छ । दोस्रो चरणमा मतदान भएको खण्डमा त्यसपछि स्पष्ट समिकरण पनि देखिनेछ । उता सभापतिका दाबेदारहरू पहिलो चरणको चुनावमा पहिलो वा दोस्रो बनेर दोस्रो चरणमा प्रथम बन्ने रणनीतिमा समेत लागेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गोपालमान श्रेष्ठ, #विमलेन्द्र निधि, #शेरबहादुर देउवा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्