कांग्रेसमा रामचन्द्रपछिको गुट कसले चलाउला, शेखर कि प्रकाशमान ?

काठमाडौं । नेपाली राजनीतिको इतिहासमा गर्विलो इतिहास बोकेको नेपाली कांग्रेसमा ओजपूर्ण नेताहरुको बहिर्गमन भने दुखद हुने गरेको छ । आफू नेतृत्वमा आएपछि ओजपूर्ण इतिहास बोकेका नेतालाई पाखा लगाउनु कांग्रेसी चलन नै बनेको छ । यसका पछिल्ला उदाहरण हुन्, शैलजा आचार्य, कृष्णप्रसाद भट्राई र गणेशमान सिंह । अब यो सूचीमा रामचन्द्र पौडेलको नाम समेत थपिने हो कि भन्ने आशंका गर्न थालिएको छ । आफ्नै समूहमा सभापतिको साझा उम्मेदवार चयन गर्न नसकेपछि निरास बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल महाधिवेशनको रमझम छाडेर एकान्तबासमा गएका छन् । शेखर कोइरालालाई आफ्नो पक्षको आधिकारीक उम्मेदवार घोषणा गरेको पत्रमा हस्ताक्षर गरेसँगै पौडेल नीजि निवास बोहराटारबाट बाहिर निस्किएका छैनन् ।
नेपाली कांग्रेसले गरेका कतिपय सफल विद्रोहमा पौडेलको देन अनुकरणीय छ । तर, सुशील कोइरालाको निधनसँगै केही समय नेपाली कांग्रेसको कार्यवाहक सभापति बन्नु बाहेक पार्टीमा उनले कहिल्यै नेतृत्वदायक भूमिका निभाउन पाएनन् । पार्टी सभापति र प्रधानमन्त्री बन्ने उनको चाहना कहिल्यै पुरा हुन सकेन । हुनत उनी यो महाधिवेशनबाट एक पटक भएपनि कांग्रेसको सभापति बन्न चाहन्थ्ये । तर, आफ्नै समूहको असहयोगपछि उनको राजनीतिक चाहनाले पूर्ण विराम लिएको छ ।
हुनत सभापति मै उम्मेद्वारी दिएका विमलेन्द्र निधि भने सभापति शेरबहादुर देउवाले चाहेको खण्डमा अहिले पनि एक पटक पौडेललाई सर्वसम्मत सभापति बनाउन सकिने बताउँछन् । त्यसका लागि आफू तयार रहेको उनको दाबी छ । नेपाली कांग्रेसमा ओजपूर्ण राजनीति गरेर निराशापूर्ण बहिर्गमन रोज्ने नेताको कमी छैन । पार्टीमा भएका अराजनीतिक चलखेलबाट दिक्क भएका गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, शैलजा आचार्य लगायत धेरै नेताको राजनीतिक जीवनको अन्त्य बिर्सनलायक रह्यो । अब यही श्रेणीमा पौडेल पनि पर्ने हुन् कि भन्ने चिन्ता कांग्रेसीजनमा देखिएको छ ।
कांग्रेसभित्र देखिएको नीति बीनाको राजनीतिका कारण पौडेलसँगै नारायण खड्का, प्रदिप गिरी जस्ता नेताले केन्द्रिय सदस्यमा समेत उम्मेदवारी दिएनन् । हुनत पौडेल गुप्तबासमा गएसँगै सभापति देउवा उनलाई भेट्न बोहराटार पुगेका थिए । पौडेललाई सक्रिय राजनीतिबाट टाढा नजान आग्रह गरेका देउवाले उनलाई एक पटक सभापति बनाउँछु भनेर भन्न सकेनन् । उल्टै आफूलाई फेरि सभापतिमा जिताउन सहयोग मागे । अरु नेता पनि उनीसँग जितको आर्शीवाद लिन बोहराटार धाइरहेका छन् । उता देउवा पक्षीय नेता रमेश लेखक समेत पौडेल सक्रिय राजनीतिमा फर्कने विश्वास व्यक्त गर्छन् ।
कांग्रेसको १४ औँ महाधिवेशन वरिष्ठ नेता रामचन्द्र पौडेलको खल्लो बहिर्गमनको कारण बन्नु हुँदैन भन्ने कार्यकर्ताको धारणा छ । उनी विरोधि कतिपय नेता कार्यकर्ता भोलिका दिनमा राजकीय पद प्राप्तिका लागि पौडेलले फालेको पासाका रुपमा समेत यो कदमलाई परिभाषित गर्छन् । तर, आफ्नै समूहले सभापतिमा नपत्याएका पौडेललाई उच्च सम्मानसहित कांग्रेसको राजनीतिमा फर्काउनु पर्ने मत भने बलियो देखिन्छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेपाली कांग्रेस
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्