ओली–प्रचण्डको अनावश्यक जुहारी, पूर्वराजा ज्ञानेन्द्र शाहलाई विवादमा ल्याउने प्रयास
अझै किन त्रसित छन् नेताहरु पूर्वराजादेखि
काठमाडौं । नेपाली राजनीतिमा सत्ता साझेदार वा नजिक भएपछि गुनगान गाउने र प्रतिपक्ष भएपछि सत्तोसराप गर्नेदेखि उछितो काट्ने प्रबृत्ति बिगतदेखि नै छ । गत निर्वाचनमा गठजोड र पार्टी एकता हुँदा एकले अर्कोको प्रशंशा खुबै गरे । तर, जव पार्टीमा फाटो आयो अनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबैले एक अर्कोलाई संगिन आरोप लगाइरहेका छन् । त्यसको पछिल्लो उदाहरण हो प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहसँग ५ बुँदे सहमति गरेको ओलीको आरोप ।
२०७५ जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बन्दा पाइलट शब्द निकै चर्चित भएको थियो । एकीकृत पार्टीमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुई अध्यक्ष बनेपछि अब दुई पाइलटले जेट बिमान चलाउने भन्दै उनीहरुले पाइलट शब्दलाई चर्चामा ल्याएका थिए । त्यतिमात्रै होइन एउटै कार्यक्रममा ओलीले प्रचण्डको र प्रचण्डले ओलीको खुबै प्रशंशा गरे त्यो पनि कुममा कुम जोडेर । तर, जव ओलीले आफैलाई सर्बैसर्वा मान्न थाले अनि सत्ता साझेदारको सहमतिमा भइरहेको प्रशंशा लामो समय टिक्न सकेन । साँढे दुई बर्षमै एकले अर्कोलाई शत्रुगत ब्यवहार मात्रै गरेनन् पार्टी नै बिभाजित भयो । त्यसपछि सुरु भयो एकले अर्कोलाई कम्युनिष्ट पार्टीका नाममा गद्धारको घोषणा ।
हुनत् नेपाली राजनीतिमा सत्तासाझेदार वा केही फाइदाका लागि गठजोड हुँदा एकले अर्कोलाई प्रशंशा गर्ने र तिक्कता हुने बित्तिकै सत्तोसराप गर्ने पूरानै प्रबृत्ति हो । यहि प्रबृत्ति यतिबेला ओली र प्रचण्डका बीचमा चलिरहेको छ । बुधबार एमाले अध्यक्ष ओलीले २०६० मङ्सिर १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाह र प्रचण्डबीच ‘उपद्रो मच्चाउन पाँचबुँदे सहमति भएको गम्भिर आरोप लगाए । फौजदारी न्याय सिद्धान्तमा आरोप जसले लगाउँछ, प्रमाणको भार पनि उसैमा निहित हुन्छ । तर, ओलीले भने यो ५ बुँदे सार्वजनिक गर्न ज्ञानेन्द्र र प्रचण्डलाई नै जिम्मा लगाए ।
साहेद् ओलीले ५ बुँदे भेटाएको भए सार्वजनिक नै गर्ने थिए होलान । तर, ओलीले ज्ञानेन्द्र र प्रचण्डलाई नै सार्वजनिक गर्न भनेपछि ओलीको बोलीमा पनि ठेगान हुँदैन भन्ने उनको बिगतको बोलीले देखाउछ । ओलीले लगाएको यो संगीन आरोप बिहिबार बिज्ञप्ती जारी गर्दै माओवादी अध्यक्ष प्रचण्डले समेत पुष्टि गर्न चुनौति दिएका छन् । प्रचण्डले ओलीलाई उक्त दाबी प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिएका छन् । उनले ओली झुट, बेइमानी र धोकाको अर्को नाम भएको समेत बिज्ञप्तीमा उल्लेख गरेका छन् ।
आफनो अध्यक्षलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेको आरोप लगाएपछि माओवादी नेताहरु समेत आक्रोशित भएका छन् । ओली माओवादीले सशस्त्र बिद्रोह गर्दा होस् या शान्तिपूर्ण राजनीतिमा आउदा समेत किन नहोस् प्रचण्डको सबैभन्दा बढी आलोचना गर्ने ब्यक्ती हुन् । ओलीलाई सत्तामा पुर्याउने र सत्ताबाट बर्हिगमन गराउन प्रचण्डकै भूमिका रह्यो ।
त्यसैले पनि ओली र प्रचण्डको जुहारी सार्वजनिक स्थलमा मात्रै होइन संसदमा समेत चल्दै आएको छ । पछिल्लो समय पार्टी बिभाजनपछि ओली र प्रचण्ड सहभागि हुने कार्यक्रममा एकले अर्कोप्रति उछितो नकाटेको साहेद दिनै छैन् । प्रचण्डको चुनौतिपछि के संगीन आरोप लगाएका ओलीले ५ बुँदे सार्वजनिक गर्न सक्लान या माफी माग्लान चासो सर्वत्र छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #केपी शर्मा ओली, #ज्ञानेन्द्र शाहसँग ५ बुँदे सहमति, #पुष्पकमल दाहाल प्रचण्ड, #पूर्वराजा ज्ञानेन्द्र शाह
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्