Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

प्रचण्डको खल्तीबाटै २३६ केन्द्रीय सदस्यको नाम,अध्यक्ष र पदाधिकारी चयन नगरी सकियो महाधिबेशन


काठमाडौं । नेकपा माओवादी केन्द्रमा निर्वाचन प्रक्रिया पटक–पटक रोकेर अन्तत् प्रचण्डले खल्तीबाटै नाम पढेर सुनाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २९९ सदस्यीय केन्द्रीय समितिमध्ये २३६ जनाको नाम पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा पेश गरेका छन् । आइतबार बन्दसत्रमा प्रचण्डले पेश गरेको नाम हलले तालीका साथ अनुमोदन गरेको छ । प्रचण्डले समानुपातिक तर्फका २९ र खुल्ला तर्फका ३४ गरी जम्मा ६३ सिट खाली राखेर केन्द्रीय कमिटीको नाम प्रस्ताव गरे ।

खुलातर्फ १४५ सदस्यको सीट रहेकोमा १११ को मात्रै नाम प्रस्ताव गरिएको छ भने ३४ सीट खाली राखिएको छ । त्यसैगरी समावेशीतर्फका १५४ सीट मध्ये २९ सीट खाली राखेर १२५ जनाको मात्रै नाम प्रस्तुत गरिएको छ । खाली रहेको ६३ सीट चाडै पूर्ति गरिने प्रचण्डले बताए । १५ प्रतिशत सदस्यहरुको मनोनय गर्दा छुटेका नेताहरुलाई पनि समेटिने प्रचण्डले बताए ।

प्रचण्डले यसो भनेपछि हलले ताली बजाएर समर्थन जनाएको थियो । त्यसपछि प्रचण्डले केही छुटेका नामहरु भन्दै कुमार पौडेल र रामकुमारी चौधरीको नाम पढेका थिए । अपाङ्गतर्फको क्लष्टर छुटेको गुनासो हलबाट आएपछि उनले अपाङ्गतर्फको केन्द्रीय सदस्यमा चूडामणि खड्का, घनश्याम यादव, चम्पा कार्की लगायतको नाम वाचन गरे । खुलातर्फ आफ्नो नाम २३ औं नम्बरमा उल्लेख गरेका प्रचण्डले पुरानो केन्द्रीय समितिका प्रायः सबै नेताहरुलाई क्लस्टरसहितको प्यानलमा समेटेका छन् भने केही नयाँलाई समेत समेटेका छन् ।

भर्खरै मसालबाट एकता गरेर आएका लोकेन्द्र लम्साल, लक्षिराम आचार्य, अनिल किशोर घिमिरे, तिलक परियार, गोविन्द बिक र आरबी फुयाँललाई पनि प्रचण्डले केन्द्रीय कमिटीमा ल्याएका छन् । २३६ सदस्यीय कमिटीभित्रबाट सोमबार अध्यक्षसहित १५ पदाधिकारीको चयन हुनेछ । उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवमा सहमति जुटेन भने केन्द्रीय कमिटीमा मतदान हुनेछ ।
प्रचण्डद्वारा प्रस्तुत केन्द्रीय कमिटीको नामावली
समानुपातिक खसआर्य पुरुषतर्फ
नारायण दाहाल, सूर्यप्रकाश सुवेदी, धीरेन्द्र शर्मा, नरबहादुर बिष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, तारानाथ स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली, अच्युत्तम काफ्ले ।
समानुपातिकतर्फ खसआर्य महिलातर्फ
आशा कोइराला, सीता पोख्रेल, कल्पना धमला, गंगाकुमारी बेल्बासे, दामा कुमारी शर्मा, देवी खड्का, धर्मशीला चापागाईँ, नारायणी शर्मा, बलावती शर्मा, विमला सुवेदी, रेणु चन्द, रेणु दाहाल, सत्य पहाडी, समिता कार्की, सुशीला सिम्खडा, ज्ञानु बस्नेत सुवेदी, लक्ष्मीदेवी न्यौपाने, मञ्जु बम, कुन्ती पोखरेल, गीता बूढाथोकी, गोमा कुँवर, चलाउने, रुक्मिणी गौतम, हरिमाया शर्मा, रुकु चौलागाई ।
खसआर्य युवा (महिला–पुरुष)
यशोदा न्यौपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपा सिम्खडा, गीता तिमल्सिना, कृष्णा शाह, अम्बिका बुढाथोकी, गोमा कुँवर, रुकु चौलागाईँ, रुक्मिणि गौतम, हरिमाया शर्मा, विजय भण्डारी, दुर्गाप्रसाद चापागाई, अनिल शर्मा, बालहरि सोडारी ।
आदिवासी जनजाति (पुरुष, महिला, युवा)
अजम्बर राई काङमाङ, राजकुमार राई, मानबहादुर मगर, दीपबहादुर योञ्जन, दीपेन्द्रकुमार पुनमगर, तुलाराम घर्तीमगर, राजकाजी गुरुङ, परशुराम तामाङ, हितबहादुर तामाङ, दिलिप प्रजापति, छक्कबहादुर लामा, इन्द्र आङबो, हेमकुमार राई, डम्बर घर्तीमगर, नवीन जिरेल, अमृता थापा, ओनसरी घर्ती, कमला रोका, कुमारी मोक्तान, ताराकुमारी घर्ती, दुर्गा जयन्ती राई, पार्वती थापा, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मणि खम्बु, पी घर्ती, लक्ष्मी पुन, मिना तामाङ, रिता महर्जन, प्रतिमा श्रेष्ठ, उर्मिला लामा, लक्ष्मी गुरुङ, बीना मगर, लालकुमारी पुन, माया बल, आर। तामाङ, कमला दोङ ।
दलिततर्फ (पुरुष, महिला, युवा)
विष्णुबहादुर बिक, यमबहादुर परियार, जगत पार्की, अञ्जना बिसंखे, सुशीला श्रीपाइली, सीता बौडेल, मानकुमारी नेपाली, सीता नेपाली, धनमाया बिक, लक्ष्मी बिक, शान्ति नेपाली, गीता गहतराज, दुर्गाकुमारी बिक, पम्फा बसेल, सुवोध श्रीपाइली, पार्वती बिक ।
थारु (पुरुष, महिला, युवा)
सन्तकुमार चौधरी, हरिनारायण चौधरी, देवीलाल चौधरी, अमनलाल मोदी, रुपा चौधरी, अञ्जना चौधरी, अञ्जु चौधरी, दीपा चौधरी, कृष्णा चौधरी, रामकुमारी चौधरी ।
मधेसी (पुरुष, महिला, युवा)
जगत यादव, शिवकुमार मण्डल, रामकुमार यादव, सुरेन्द्र मेहेता, बोधमाया कुमारी यादव, सुनिताकुमारी यादव, घनश्याम यादव ।
मुस्लिम (पुरुष, महिला, युवा)
हकिकुल्लाह मुसलमान, कौशल साह,
खुल्लातर्फ (१११ जना)
नेपबहादुर थारु चौधरी, लक्ष्मणदत्त जोशी, शरदसिंह भण्डारी, खगराज भट्ट, नरेन्द्रबहादुर कुँवर, त्रिलोचन भट्ट, माधव सापकोटा, युवराज चौलागाई, लेखनाथ दाहाल, शालिकराम जम्कट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हिमाल शर्मा, सन्तु दराई, हितमान शाक्य, कृष्णप्रसाद सापकोटा, धर्मदत्त देवकोटा, मुक्ति प्रधान, ईश्वरीप्रसाद भण्डारी, सुनील मानन्धर, हरिबोल गजुरेल, पुष्पकमल दाहाल प्रचण्ड, दिलिप महर्जन, सुदन किँराती, किरणकुमार राई, सुरेश राई, हेमराज भण्डारी, राजेन्द्र कार्की, एकचन्द्र बराल, पदमबहादुर राई, साबित्रीकुमार काफले, सुरेन्द्रकुमार कार्की, युवराज भट्टराई, अजयशंकर नायक, अशोक मण्डल, रहेका छन् ।

त्यस्तै, भरतप्रसाद शाह, प्रकाशहरि पोखरेल, राजु खड्का, योगकुमार यादव, गोपाल ठाकुर, रामकुमार शर्मा, रामेश्वर राय यादव, मातृका यादव, प्रल्लाह कुमार बुढाथोकी, गिरिराजमणि पोखरेल, विश्वनाथ साह, गणेश साह, इन्द्रजित थारु, जीवन गौतम, तेजबहादुर ओली, हेमराज शर्मा पोखरेल, गणेशमान पुन, जगप्रसाद शर्मा, वर्षमान पुन, महेश्वरजंग गहतराज, मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल, युवराज दुलाल, रामप्रसाद सापकोटा, ओमनाथ ढुंगाना, गंगा कार्की, पुष्पविक्रम मल्ल, लीलामणि पोखरेल, लक्ष्मण पन्त, लेखनाथ न्यौपाने, डिलाराम आचार्य, झक्कु सुवेदी, सीपबहादुर बस्नेत, कृष्ण केसी, अमरबहादुर गुरुङ तमु, गुप्तबहादुर ठकुरी,रहेका छन् ।

त्यस्तै, खिमलाल देवकोटा, देवेन्द्र पौडेल, कुलप्रसाद केसी, डोरप्रसाद उपाध्याय, सुबबहादुर रोका, तिलकराम शर्मा, चक्रपाणि खनाल, कृष्णध्वज खड्का, कृष्णबहादुर महरा, बामदेव क्षेत्री, झकबहादुर मल्ल, विन्दमान विष्ट, रामदीप आचार्य, महेन्द्रबहादुर शाही, राजकुमार शर्मा, शक्ति बस्नेत, गजेन्द्र महत, टेकबहादुर बस्नेत, जनार्दन शर्मा, हरिबहादुर चुमान, बालकृष्ण गैरे, नारायणकाजी श्रेष्ठ, कृष्णप्रसाद धिताल, देवप्रसाद गुरुङ, श्रीराम ढकाल, सुरेश आलेमगर, हितराज पाण्डे, दिनानाथ शर्मा, पम्फा भुसाल, उर्मिला अर्याल, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, परशुराम रम्तेल, महेन्द्र पासवान, गोपी सार्की अछामी, दलजित श्रीपाइली, वीरमान चौधरी, कुमार पौडेल, यशोदा सुवेदी गुरुङ ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेकपा माओवादी केन्द्र

तपाईको कमेन्ट लेख्नुहोस्