माओवादीले किन अपनाएन निर्वाचन पद्धति,प्रचण्डसँग नजिक भएकालाई फाइदै–फाइदा
आन्तरिक लोकतन्त्रमा भने सधैँ कमजोर

काठमाडौं । कुनै बेला नेपालमा गणतन्त्र बहालीका लागि अग्रणी मोर्चामा उभिएको नेकपा माओवादी केन्द्र आन्तरिक लोकतन्त्रमा भने सधैँ कमजोर देखिएको छ । नौ दिन लामो महाधिवेशन आयोजना गर्दा समेत माओवादी केन्द्रका नेतृत्वले सम्पूर्ण कार्यकर्ताको भावना बुझ्न सकेनन् र पार्टीमा टिके प्रथाले फेरि निरन्तरता पायो । पुष्पकमल दाहाल प्रचण्ड नै पार्टीका सर्वे सर्वा रहेछन् तथा उनकै औँलाको इशारामा पार्टी चल्दो रहेछ भन्ने पनि पुष्टि भएको छ । झन्डै डेढ महिनाको अवधिमा नेपालका चार प्रमुख दल महाधिवेशनमा होमिए । नेपाली कांग्रेस र राप्रपाको महाधिवेशनमा आन्तरिक लोकतन्त्रको दरियो प्रयोग भएको देखियो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टीलाई औँलाको इशारामा चलाउने योजनामा केही नेता बाधक बनेको कारण पार्टीको अग्रपंक्तिले नचाहँदा नचाहँदै पनि महाधिवेशन प्रजातान्त्रिक बन्न पुग्यो । उता ओली जसरी एमालेलाई चलाउन चाहन्थ्ये, त्यही कुराको प्रयोग भने नेकपा माओवादी केन्द्रमा भएको देखियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको हलमा वाचन गरेको केन्द्रिय सदस्यको नामलाई प्रतिनिधिहरुले ताली पिटेर समर्थन जनाए । सोमबार पदाधिकारी चयनमा पनि त्यही प्रक्रिया दोहरिएको छ ।
नेतृत्व चयनमा निर्वाचन प्रक्रियामा जाँदा पार्टीलाई आवश्यक नेता समेत बाहिर रहन सक्ने भएकाले सर्वसम्मतिको विधि उचित रहेको माओवादी केन्द्रका नेता र कार्यकर्ता दाबी गर्छन् । साथै केन्द्रिय समितिको चयनमा ठूला नेताका परिवारिक सदस्यहरुले मौका पाउनु अनि सारा जीवन पार्टीलाई सुम्पिँदा समेत कार्यकर्ताबाट नेता बन्न नसकेकाहरु कतिपय नेतृत्व चयन गर्ने यस्तो परम्परालाई सही मान्न सक्दैनन् । तर, नेतृत्व चुन्ने यही पद्धतिलाई सही मान्ने कार्यकर्ता पनि माओवादी केन्द्रमा कम छैनन् ।
पार्टी र नेतालाई रुपान्तरण गर्ने प्रचण्डको नीतिले जसरी लोकप्रियता कमायो, फरक मतलाई बेवास्ता गर्दा त्यो लोकप्रियता समेत गुम्न पुग्यो । यसले प्रचण्डले नचाहेको विचारमाथि माओवादीका अकुंश लाग्ने परम्पराले समेत निरन्तरता पाएको छ । प्रतिस्पर्धाको संसदिय व्यवस्थालाई स्विकार गरेर अगाडि बढ्ने प्रचण्डको दस्तावेजलाई स्वागत गर्दा खुसी देखिएका कार्यकर्ता पार्टीमा आन्तरिक लोकतन्त्रले प्रवेश पाउन नसक्दा भने निराश देखिए ।
आन्तरिक लोकतान्त्रिक विधिलाई निषेध गरेर पार्टीमा रुपान्तरण आउन नसक्ने गुनासो माओवादी केन्द्रका नेता कार्यकर्ता कै छ । किनकी पार्टीलाई जीवन्त बनाउने हो भने सबैभन्दा पहिले पार्टीमा व्याप्त निरकुंशतालाई जित्न सक्नु पर्ने गुनासाहरु मसिनो स्वरमा भएपनि महाधिवेशन स्थलमा सुनिएका थिए । लोकतन्त्रको जगमा उभिएको दलमा यस्तो विचार हाबी हुनु कुनै पनि अवस्थामा सही होइन । जे भएपनि विचारमा केही स्पष्ट हुन खोजेको नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन नेतृत्व चयनमा फेरि पनि अलोकतन्त्रिक बनेर सम्पन्न भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेकपा माओवादी केन्द्र
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्