Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

सिंहदरबारभित्रै सुनिल शर्मालाई ‘नमस्कार सर’ भन्दै विद्यार्थीले दले कालोमोसो


काठमाडौं । काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक डाक्टर सुनिल शर्मालाई विद्यार्थी संगठनका नेताहरूले सिंहदरबारभित्रै कालोमोसो दलेका छन् । मेडिकल कलेजले लिँदै आएको शुल्क विवादसम्बन्धी विद्यार्थी र मन्त्रीसँग मन्त्रालयमा वार्ता सकाएर निस्कने क्रममा शर्मालाई सिंहदरबारभित्रै कालोमोसो दलिएको हो ।

मन्त्रालयबाट बाहिरिँदै गर्दा विद्यार्थी नेताले नमस्कार सर भनेका थिए । तर, शर्माले नमस्कार फर्काउन नपाउँदै उनीमाथि कालोमोसो दलिएको बताइएको छ । शर्मालाई दुर्व्यवहार गरेको आरोपमा ५ विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई कालोमोसो दलेको बताइएको छ । उनीहरूले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विरोध गर्दै आइरहेका छन् ।

शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । बैठकमा शर्माले मेडिकल कलेजको सुविधा र संरचनाअनुसार कलेजले रकम लिन पाउनुपर्ने धारणा राखेका थिए । बैठकले गरेको पाँच निर्णयमा पनि शर्माले फरक मत ‘नोट अफ डिसेन्ट’ लेखेर बाहिरिदै थिए ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #सिंहदरबारभित्रै कालोमोसो, #सुनिल शर्मा

तपाईको कमेन्ट लेख्नुहोस्