पशुपतिको अर्को धर्मशाला मारवाडी समितिको कब्जामा,मन्त्री प्रेम आलेको ध्यान पुग्नै बाँकी
वर्षको ५१ हजार भाडा, उठाउछ दिनकै लाख

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको निरिहताका कारण पशुपतिमा सञ्चालन भईरहेको पशुपति गौशाला धर्मशाला अस्तबस्त बनेको छ । पाशुपत क्षेत्रमा वनकालि धर्मशाला, नेपाल भारत मैत्री पशुपति धर्मशाला र पशुपति गौशाला धर्मशाला रहेपनि हाल नेपाल भारत मैत्री पशुपति धर्मशाला होटमा परिणत भएको छ भने पशुपति गौशाला धर्मशालाले गौशाला चोकमा कौडीको भाउमा वषौ देखि पशुपति क्षेत्र विकास कोषको जग्गा कब्जा गरेर बसेको छ । धर्मशाला ब्यवस्थापनको जिम्मेवारी पाएको मारवाडी सेवा समितिले वर्षको ५१ हजार भाडा तिदै आएपछि पछिल्लो समय समितिले भाडा तिर्न आनाकानी गदै आएको छ ।
नेपाल तथा छिमेकी मुलुकबाट पशुपतिनाथको दर्शनका लागि पुगेको दर्शनाथीहरुले समेत धर्मशाला फोहरै फोहर र अस्तब्स्त भएको गुनासो गर्छन । समितिले २०३८ सालदेखि धर्मशाला गौशाला राख्ने नाममा उपभोग गर्दै आएको हो । परिषद्ले तत्कालीन मूलभट्ट पद्मनाभ शास्त्रीसँग प्रतिरोपनी २५ रुपैयाँ भूबहाल तिर्ने सम्झौता गरेको थियो । राणाकालमा रतिराम अग्रवाललाई पाशुपत क्षेत्रमा छोडिएका दुध कटुवा बाच्छाबाच्छी, साँढे र गाई पाल्ने सर्तमा एक एक रोपनी आठ आना जग्गा दिइएपनि त्यसकै आडमा परिषद्ले अनेक बहाना बनाउँदै नौ रोपनी नौ आना जग्गा धर्मशालाका लागि भन्दै प्रयोग गरिरहेको छ ।
तीन तले धर्मशालामा २६ वटा सटर छन् । धर्मशालाका नाममा मारवाडी सेवा समितिले लुट मच्चाउदै आएपनि कोषका कर्मचारीहरु भने चुपचाप छन् । यतिमात्र होईन समितिले कोषको स्वीकृति बिनै भौतिक संरचना समेत मनलाग्दी रुपमा बनाएको छ । संसद्को सार्वजनिक लेखा समितिले २०६३ सालमै कोषलाई गौशाला धर्मशाला र त्यसले चर्चेको जग्गा नियन्त्रणमा लिन निर्देशन दिएपनि डेढ दशक बित्दासम्म कोषले वार्षिक ५१ हजार रुपैयाँ भाडामा चित्त बुझाइरहेको छ ।
सार्वजनिक लेखा समितिले २०६३ सालमै तयार पारेको प्रतिवेदनमा पशुपति क्षेत्रमा सञ्चालित गौशाला धर्मशाला र त्यसले चर्चेको सबै जग्गा पशुपतिको गुठी तैनाथी जग्गा भएकाले नापजाँच गराई नियन्त्रणमा लिनुपर्ने निष्कर्ष निकालेको थियो । यतिबेला मारवाडी समितिले ५१ हजार भाडा तिर्न नै आनाकानी गरिरहेको छ । तर, उसले सटरैसटरको ठूलो भवनबाट दिनकै लाख रुपैयाँभन्दा बढी कमाइरहेको छ । गौशाला चोकमा रहेको करिब १० रोपनी जग्गामा समितिले कब्जा गरिरहेको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गौशाला धर्मशाला, #धर्मशालाका नाममा मारवाडी सेवा समिति, #मारवाडी सेवा समिति
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्