केएमसी र नोबेल मेडिकल कलेजलाई होला त कारवाही,गृहमन्त्री खाँणले लिए अग्रसरता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता जनाएका छन्। गृहमन्त्री खाँणले शुक्रबार पीडित विद्यार्थी र विद्यार्थी संगठनका नेताहरूसँग छलफल गरी ती मेडिकल कलेजहरूमा देखिएका समस्या समाधान तत्काल गर्ने प्रतिवद्धता जनाएका हुन्।
उनले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्याबारे तत्काल अनुसन्धान सुरु गर्ने र दोषीमाथि कडा कारबाही गर्ने चेतावनी समेत दिएका छन् । विद्यार्थी संगठनका नेताहरूलाई पनि सो घटनालाई लिएर उत्तेजित हुने र आवेशमा आउने काम नगर्न सचेत गराउँदै खाँणले संविधान र कानुनको परिधिभित्र रहेर सो कलेजमा भएको घटनाको अनुसन्धान हुने र कारबाही गर्ने बताए।
विद्यार्थीले जथाभावी शुल्क लिएको भन्दै ती दुवै कलेजको व्यवस्थापनविरुद्ध आन्दोलन गरिरहेका छन्। उनले भने, ‘मेडिकल कलेजमा देखिएको समस्या सम्बोधन गर्ने क्रममा प्रक्रियागत रुपमा सरकारले अनुसन्धान गर्दछ। र दोषीलाई ऐन, कानुनअनुसार कारबाही हुन्छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी मेडिकल कलेजहरूले दादागिरी देखाएको भन्दै उनीहरूमाथि तत्काल कारबाही गर्न गृहमन्त्रीसमक्ष आग्रह गरेका थिए।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नोबेल मेडिकल, #बालकृष्ण खाँण
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्