Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

सर्वदलीय बैठक नै नबोलाई कसरी बाहिरियो समाचार ? झुट को बोल्यो सञ्चारमाध्यम कि सञ्चारमन्त्री


काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलहरुको बैठक शुक्रबार साँझ बस्यो । त्यो बैठकको निर्णय भन्दै बिभिन्न सञ्चारमाध्यममा शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएको भन्दै समाचार बाहिरियो । शनिबार सर्वदलीय बैठक बोलाइएपछि नेकपा एमालेका नेताहरुले आफनो पार्टीलाई निमन्त्रणा आउने अपेक्षा गरेका थिए । तर, शनिबार विहानसम्म निमन्त्रणा आएन । फेरि एमालेलाई निमन्त्रणा नदिइएको समाचार बाहिरियो ।

त्यसपछि सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठक नै नबोलाएको प्रतिक्रिया दिएका छन् । हिजो गठबन्धनका केही नेता र प्रधानमन्त्रीको सचिवालयले बैठक बस्ने जानकारी सञ्चारमाध्यममा गराएका थिए । तर, प्रवक्ता कार्कीले भने बैठक नै नबोलाइएको दाबी गरेका छन् । शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो ।

सर्वदलीय बैठक बोलाउनुअघि कांग्रेस सभापतिसमेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरूसँग छलफल समेत गरेको बुझिएको छ । तर, कार्कीले सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउनुभएकै छैन । कसरी समाचार मिडियामा आयो ? भन्दै उल्टै प्रश्न गरेका छन् । प्रधानमन्त्रीले पाँच दलीय गठबन्धनबीच छलफल गररहेको प्रवक्ता कार्कीको भनाइ छ ।

संसद खुलाउने र आगामी स्थानीय तहको चुनावलगायतका विषयमा आवश्यक परे छलफलपछि सर्वदलीय बैठक बोलाउन सकिने तर, अहिले नबोलाइएको जिकिर उनको छ । अव कसरी बाहिरियो त सर्वदलीय बैठकको कुरा भन्ने प्रश्न उब्जिएको छ । को झुट बोल्यो त प्रधानमन्त्रीको सचिवालय वा सञ्चारमन्त्री वा सञ्चारमाध्यम । विगतमा पनि यस्ता समाचार बाहिरिने र सञ्चारमाध्यमलाई दोष दिने गरिएको थियो ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एमालेलाई निमन्त्रणा, #शेरबहादुर देउवा, #सत्तारुढ गठबन्धन

तपाईको कमेन्ट लेख्नुहोस्