अझै सिटामोल पाउन मुस्किल,प्रधानमन्त्री देउवाको निर्देशनमा आलटाल

काठमाडौं । कोरोना भाइरसको संक्रमणसँगै अहिले अधिकांश मानिसमा रुघा खोकी ज्वरो लगायतका समस्या देखिएका छन् । तर व्यापारीले यहि मौका छोपी बजारमा सिटामोलको अभाव सिर्जना गरेका छन् । केही फार्मेसीलाई औषधी व्यवस्था विभागले कारबाहीसमेत गरेको छ । तर अझै प्रभावकारी अनुगमन नहुँदा व्यापारीले औषधी लुकाउने गरेका छन् भने भारस संक्रमित आमनागरिक सिटामोल नपाएर भौतारिनु परेको छ । अहिले अधिकाश मानिसमा रुघा खोकी तथा ज्वरो लगाएको समस्या देखिएको छ । यस्तो अवस्थामा चिकित्सकलेसमेत सिटामोल खानलाई सुझाव दिने गरेका छन् ।
सिटामोल चिकित्सकको सल्लाह बमोजिम पनि प्रयोग गरिने भएकाले ज्वरो अमाउने वितिकै सिटामोल खाने गरेका छन् । केहीदिनबाट यस्ता विरामी घरघरमा छन् । तर विरामी औषधि बिक्रेताकोमा जाँदा समेत सिटामाले पाउदैनन् । सिटामोले नपाएर रित्तो हात फर्किनुपरेको छ । यतिबेला व्यापारीहरुले उपत्यका लगायत अधिकांश स्थानमा सिटामोलको कृतिम अभाव सृजना गरेका छन् । सरकारी अस्पतालका फार्मेसीहरुमा समेत सिटामोट भेटिदैन् । वीर अस्पतालको फर्मेसिमा सिटामोल नभएको १० दिन भन्दा बढी भइसकेको छ ।
अस्पतालकै फर्मेसीमा सिटामोल छैन् । अन्य फार्मेसीहरुमा त झन् कतै एक महिनादेखि त कतै १५ दिनदेखि नै सिटामोलको अभाव छ । कतै सीमित मात्रै सिटामोल भएका कारण धेरै स्थानमा एक पत्ता सिटामोलका दरले बिक्री गरेका छन् । यहि मौका छोपेर सिटामोलको मूल्य बढाउनका लागि व्यापारी लागिपरेका छन् । तसर्थ भएको सिटामोलसमेत व्यापारीले लुकाएका छन् । यता व्यापारीहरु भने कम्पनीबाटै सिटामोल नआएको हुँदा अभाव भएको बताउछन् ।
औषधी व्यवस्था विभागले सिटामोल भएर पनि अभाव सृजना गर्ने केही फार्मेसीलाई कारबाही पनि गरेको छ । गत बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारबाटै बजारमा सिटामोल अभाव हुदैन् र हुन दिदैनौ भनेका थिए । तर उपत्यकामै रहेका फार्मेसीहरुले समेत सिटामोलको अभाव सृजना गर्दासमेत सरकारले कारबाही गर्न सकेको छैन् । सिटामोल नपाएको नागरिकको गुनासो व्यापक हुँदासमेत अनुगमन हुनसकेको छैन् । यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औषी व्यवस्था विभाग लगायतका जिम्मेवार निकायसमेत बजारमा औषधी अभावनै नभएको जिकिर गर्छ । तर किन औषधी अभाव भयो भनेर बजारको सही जानकारी लिने र अभाव सृजना गर्नेलाई कारबाही गर्ने तर्फ ध्यान जान सकेको छैन ।
नेपालमा ५ सय एमजिको प्यारा सिटामोल उत्पादन गर्ने ३७ वटा कम्पनी रहेका छन् । जसमध्ये २६ कम्पनीले सक्रियरुपमा औषधि उत्पादन गर्दै आएका छन् । तर त्यहि कम्पनीबाट उत्पादन हुदै आएको सिटामोलको बजारमा कृतिम अभाव सिर्जना हुँदासमेत सरकार मुक दर्शक बनेको छ । सिटामोलसम्म विरामीले किनेर खानपाउने परिस्थिति नहुनु भनेको असाध्यै लज्जाको विषय हो । नागरिकप्रति सरकारको जिम्मेवारी नै छैन त ?
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #औषधी व्यवस्था विभाग, #सिटामोल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्