उत्तर कोरियाद्वारा मंगलबार फेरि दुईवटा क्रुज मिसायल परीक्षण

काठमाडौं । उत्तर कोरियाले दुईवटा क्रुज मिसाइल प्रहार गरेको छ । मंगलबार बिहान समुद्र तर्फ लक्षित गरी उत्तर कोरियाले दुईवटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले बताएको अमेरिकी सञ्चारमाध्यम सिएनएनले उल्लेख गरेको छ ।
उत्तर कोरियाले गरेको मिसाइल प्रहारको दक्षिण कोरिया र अमेरिकाका गुप्तचर अधिकारीले विश्लेषण गरिरहेका छन् । उत्तर कोरियाले यो वर्ष सुरु भएसँगै मिसाइल परीक्षण तीव्र बनाएको छ । यो वर्ष लागेसँगै उत्तर कोरियाले पाँचपटक मिसाइल परीक्षण गरिसकेको छ । जनवरी १७ मा उसले छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो ।
त्यसअघि जनवरी ११ र ५ मा हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । यसैगरी जनवरी १४ मा छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । ब्यालेस्टिक मिसाइल तथा आणविक हतियार बनाउन प्रतिबन्ध लागेको भए पनि उत्तर कोरियाले लगातार आफ्नो अस्त्र क्षमता बिस्तार गरिरहेको छ ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #उत्तर कोरिया, #क्रुज मिसाइल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्