Techie IT
  • ५ वैशाख २०८२, शुक्रबार
KhojPatrika

सत्ता गठबन्धनको निर्णयप्रति निर्वाचन आयोगको आपत्ति, बैशाखमै मिति तोक्न दवाव


काठमाडौं । बिभिन्न बहानामा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आलटाल गरिरहेका सरकारलाई निर्वाचन आयोगले स्थानीय निर्वाचनको मिति छिटो घोषणा गर्न एकपटक फेरि दवाव दिएको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गरी निर्वाचन आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।

संविधान र ऐन बाझिएको भन्दै ऐन संशोधन गरी निर्वाचन पर सार्ने दाउमा रहेका सत्ताशीन दलहरुलाई निर्वाचन आयोगको विज्ञप्तिले थप दवाव दिने निस्चित छ । आयोगले गत पुस ३० गते १६ राजनीतिक दलसँगको परामर्समा जेठ ५ अघि स्थानीय तहले नयाँ नेतृत्व पाइसक्नुपर्ने सुझाव दिएको थियो । त्यस्तै कार्तिक ८ र पुष ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बैशाख १४ गते निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको समेत विज्ञप्तिमा उल्लेख गरेको गरेको छ ।

दलहरु निर्वाचन सार्ने दाउमा रहेको अवस्थामा निर्वाचन आयोगले पहिलो चरणमा बैशाख ३१ म भएको निर्वाचनलाई आधार मानी जेठ ५ मा स्थानीय पदाधिकारीको पदावधी सकिने जनाएको छ । पुष ३० गते राजनीतिक दलहरुसँसग परामर्स गरेपछि आयोगले प्रधानमन्त्रीसँग समय मागेको थियो । तर अहिलेसम्म समय भने पाएको छैन ।

एक दुई दिनभित्रै सरकारसँग आयोगको कुरा हुने संकेत पाइएको प्रवक्ता शालिग्राम शर्मा पौडेल जानकारी दिए । निर्वाचन आयोग निर्वाचनको तयारीका लागि एक सय २० दिनको समयावधि आवस्यक पर्ने जनाएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निर्वाचन आयोग, #निर्वाचनको मिति, #स्थानीय तह

तपाईको कमेन्ट लेख्नुहोस्